Hindi Films

विवाहमा दुलाहा दुलही लीन हेलिकप्टर चडेर गएपछि ५५ वटा गाडीमा ३०० जन्ती (भिडियो )

Unknown | 07:23 | 0 comments

३० असार, चितवन । धुम्म परेको शनिवारको विहान भरतपुर १२ स्थित थापाथली टोलमा भने छुट्टै रौनक थियो । जन्तीका लागि रोजी रोजी चढ्न गाडीको लावालस्कर । र दुलाहाका लागि हेलिकोप्टर ।
दुलाहा रविशमशेर थापा लमजुङ बेसीसहर ३ त्रिवेणीटोलका तिलकबहादुर पौडेलकी छोरी साजनालाई तिपूर्वक ल्याउन हेलिकोप्टरमा उडे । ५५ वटा कार तथा जिप र ३ ठूला बसमा जन्तीको लस्कर निस्कियो । जन्ती ६ सयभन्दा बढी थिए । भरतपुरमा सम्भवत अहिलेसम्मकै ठूलो र भव्य विवाह भएको स्थानीयले बताए । टोलका अधिकांश र जिल्लाका गन्यमान्यलाई निमन्त्रणा गरिएको दुलाहाका दाजु पर्ने रोनाल्ड डल्लाकोटीले वताए । ५५ तोला सुन खरिद गरिएको जानकारी दिँदै उनले दुलाहा र दुलही दुवै तर्फ एक/एक करोड खर्चेर भव्य विहे गरिएको वताए । ‘बिहेलाई भव्य र हर्षोल्लासपूर्ण बनाउन दुबैतर्फ एक महिनादेखि तयारी थियो, उनले भने ।’ आजको कान्तिपुर दैनिकले समाचार छापेको छ । साढे ११ बजे भरतपुर विमानस्थलमा अवतरण भएको हेलिकोप्टर दुलाहा पुर्‍याउन आफन्तको ठूलो भीड थियो । हेलिकोप्टरमा ५ जनामात्र अट्ने भएकाले उनले हजुरवुवा मोहनबहादुर, बहिनी पिन्की, भिनाजु भुवनविक्रम कुँवर र दाई पर्ने रोनाल्डलाई साथमा राखे । हजुरबुवाको अन्तिम इच्छा पूरा गर्न हेलिकोप्टर ल्याएको हुँ, ‘एयरपोर्टमा दुलाहा रविले भने,’उहाँ गाडीमा जान सक्नुहुन्न, मेरो बिहेमा जन्ती जाने उहाँको चाहना पुरा गरेको हुँ ।’बिहेका लागि एयर डाइननेस्टी नाइन एन एईएक्स हेलिकोप्टरलाई २ घण्टाका लागि ४ लाख खर्चेको जानकारी उनले दिए । हजुरवुवा मोहनबहादुर यहाँका धनी र कहलिएका अबकाशप्राप्त क्याप्टेन हुन् । पुरा भिडियो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोला

Category:

0 comments