Hindi Films

आममाफी पाएर अफगानिस्तानबाट फर्केका थापाले के भने

Unknown | 16:00 | 0 comments

३ साउन, काठमाण्डौ । अफगानिस्तानको सर्वोच्च अदालतले २० वर्षको जेल सजाय सुनाएको भएपनि राष्ट्रपति हमिद कारजाईले आममाफी दिएपछि २७ महिना कारावास बसेर स्वदेश फर्किन सफल तनहुाका तिलबबहादुर थापा मगरले आफ्नो रिहाईमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । उनले विदेशमा जोखिमपूर्ण रोजगारी गरेका नेपालीहरुलाई उद्दारकालागि सरकारले काम गर्नु पर्ने भन्दै आफ्नो रिहाईमा सरकारले असल अविभावको भूमिका निर्वाह गरेको बताए ।
विहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनले पाकिस्तानी गुप्तचर सस्था आईएस आईलाई अफगानिस्तान सम्बन्धी सूचना दिएको अभियोगमा हेलमण्ड प्रान्तको एक निर्माण सम्बन्धी बहुराष्ट्रिय कम्पनीमा सुरक्षा प्रमुखको रुपमा कार्यरत आफूलाई अफगानी जासुसी संस्था एनडीएसले पक्राउ गरेको जानकारी दिए । उनलाई स्थानीय र पुनरावेदन अदालतले १६ वर्षको सजाय सुनाएकोमा सर्वोच्च अदालतले ४ वर्ष थपेर २० वर्षको जेल सजाय तोकेको थियो । उनका अनुसार एनडीएसले कम्पनीमै कार्यरत महम्मद अस्गरलाई पक्राउ गरेको र उनले यातना सहन नसकी आफ्नो नाम समेत पोलेकोले आफूले अनाहक सजाय भोग्न परेको भन्दै जेलमा आफूलाई चरम यातना दिईएको अनुभव सुनाए । जुलाई १३ का दिन रिहाई भएर भोलीपल्ट स्वदेश फर्किएका उनले आफ्नो रिहाईमा सहयोग गर्ने तत्कालिन प्रधानमन्त्री डा बाबुराम भट्टराई, परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, त्यहााकालागि नेपाली राजदुत भरतराज पौड्याल, नेपाल मानवअधिकार आयोगका सदस्य गौरि प्रधान, भिजानु श्यामसुन्दर श्रेष्ठ र वाईसिएल तमुवान संयोजक क्षितिज लामिछानेलाई धन्यवाद दिए ।उनको भनाई भिडियोमा हेर्नुहोस् ।

Category:

0 comments