Hindi Films

अब पिसाबको गन्धबाटै क्यान्सर पत्ता लाग्ने

Unknown | 17:28 | 0 comments

वैज्ञानिकहरुले यस्तो प्रविधिको विकाश गरेका छन् जसले पिसाबको परीक्षणबाटै मुत्रथैलीको क्यान्सर भए नभएको कुरा पत्ता लगाउन सकिन्छ । बेलायती वैज्ञानिकहरुका अनुसार यो प्रविधिमा एउटा यस्तो सेन्सरको प्रयोग गरिन्छ जसले पिसाबमा भएका ग्यासजन्य रसायनहरुको गन्ध पत्ता लगाउन सक्छ जो मुत्रथैलीका क्यान्सर कोषबाट उत्पादन भएको हुन्छ । बेलायतको लिभरपुल विश्वविद्यालयका शोधकर्ता क्रिस प्रोबर्ट र नर्म्यान र्याटक्लिफले आफुहरुले पिसाबमा क्यान्सरको गन्ध थाहा पाउनसक्ने यन्त्रको विकाश गरेको बताएका छन् ।
प्लस वन जर्नलमा छापिएको खबर अनुसार यो विधिबाट मुत्र थैलीको क्यान्सर पत्ता लगाउन सकिने सम्भावना ९० प्रतिशत भन्दा अधिक हुन्छ । यद्यपि यो परीक्षणलाई अझै परिस्कृत तथा विश्वसनीय बनाउन थप शोधको खाँचो रहेको विज्ञहरुको भनाइ छ । विश्वमा मुत्रथैलीको क्यान्सर एक मुख्य क्यान्सरको प्रकारका रुपमा रहेको छ । मुत्रथैलीको क्यान्सरको सुरुवाती अवस्थामा लक्षण थाहा पाउन गाह्रो हुने र अन्तिम अवस्थामा पुगेपछि मात्र रोगीलाई रोगले चेँप्ने भएकाले यसको उपचार कठीन हुने गरेको छ । तर यदि यो परीक्षणबाट मुत्रथैलीको क्यान्सरका विषयमा सुरुवाती अवस्थामै जानकारी पाउन सकिएमा त्यसको उपचार सहज हुने र धेरै क्यान्सर रोगीको ज्यान जोगिने विज्ञहरुको ठम्याइ छ ।तलको बक्स मा क्लिक गरि हेर्नुहोस भिडियोमा कसरि पत्ता लाग्दो रहेछ पिसाब बाट क्यान्सर ।

Category:

0 comments