Hindi Films

जम्मु–काश्मिरमा सुरक्षाकर्मीको गोलीबाट ६ प्रदर्शनकारीको मृत्यु

Unknown | 09:49 | 0 comments

काठमाडौं, श्रावण ३ । भारत प्रशासित जम्मु–कश्मिरमा भएको एक विरोध प्रदर्शनमा सुरक्षाकर्मीले हानेको गोली लागी कम्तिमा ६ जना प्रदर्शनकारी मारिएका छन् । घटनामा केही प्रदर्शनकारी गम्भीर घाईते भएकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको बीबीसीले जनाएको छ । प्रान्तीय राजधानी श्रीनगरबाट दक्षिणमा पर्ने रामबन जिल्लामा स्थानीय मुश्लिम इमामको भारतीय सुरक्षाकर्मीको पिटाईबाट मृत्यु भएको र सुरक्षाकर्मीले मश्जिदमा प्रवेश गरी कुरानको अपमान गरेको भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।
मुश्लिम समुदायको बाहुल्य रहेको क्षेत्रमा चार जना प्रदर्शनकारी मारिएपछि स्थिति थप तनाबपूर्ण बनेको समाचारमा जनाइएको छ । स्थानीय अधिकारीहरुले घटनाको जाँचको आदेश दिएको बताएका छन् भने पृथकतावादीहरुले घटनाको विरोधमा बन्दको आह्वान गरेका छन् । सो क्षेत्रमा केही हप्ताअघि सेनाले हतियारधारी लडाकू ठानेर गरेको कारवाहीमा दुई निर्दोष युवक मारिएका थिए । भिडियो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोला ।

Category:

0 comments