Hindi Films

जागिर लगाई दिने भनि यसरी ५ महिनासम्म बन्धक बनाएर बलात्कार गरी धर्म परिवर्तन

Unknown | 02:50 | 0 comments

December 9, 2014
एजेन्सी । भारतको उत्तर प्रदेशमा एक युवतीलाई जागिर लगाइदिने प्रलोभनमा ५ महिनासम्म बन्धक बनाई बलात्कार गरी धर्म परिवर्तन गराएको घटना सार्वजनिक भएको छ । भागेर घर पुगेपछि आरोपीले पटक पटक फोनमा धम्की दिएपछि तीन महिनासम्म मौन बसेकी उनले आजित भएर प्रहरीमा उजुरी गरेकी हुन् । प्रहरीले घटनाको छानविन र कारबाही गर्ने आश्वासन दिएको छ । आर्थिक अवस्था कमजोर रहेकी ती युवतीलाई ८ महिना पहिले गाउँकै एक शिक्षकले युवकसँग कुरा गरी कुनै फ्याक्ट्रीमा काम लगाइदिने र राम्रो तलब दिने आश्वासन दिएर आगरा पुर्‍याएका थिए । तर ती युवतीलाई आगरामा राखेर जबरजस्ती बलात्कार गरेर धर्म परिवर्तन गराइएको खुलेको हो । दुई दिनपहिले पनि उनलाई धम्की दिएका थिए ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments