Hindi Films

नेपाली मानव झण्डाको ‘किर्तिमान’ भारतले खोस्ने खतरा

Unknown | 15:25 | 0 comments

 

किर्तिमान पाकिस्तानबाट सिधै भारत जान सक्ने

 
nepal-human-flag
  • झण्डै ३५ हजार नेपालीले टुँडेखेलमा बनाएको नेपालको मानव झण्डा
२१ मंसिर, काठमाडौं । नेपालले बनाएको सबैभन्दा ठूलो मानव भण्डाले गिनिज बुक अफ दि वल्र्ड रेकर्डबाट मान्यता नपाउँदै भारतले सम्भावित ‘किर्तिमान’ खोसिदिने खतरा बढेको छ ।
गत भदौ ७ गते टुँडिखेलमा झण्डै ३५ हजार मानिस मिलेर नेपालको राष्ट्रिय झण्डा बनाएका थिए । तर, गिनिज बुक अफ दि वल्र्ड रेकर्डले अझै यसलाई औपचारिक रुपमा विश्व कीर्तिमानको मान्यता दिएको छैन् ।
हालसम्म औपचारिक रुपमा २८ हजार ९५७ ले लाहोरमा बनाएको पाकिस्तानको मानव झण्डालाई नै मान्यता दिइएको छ ।
तर, आइतबार भारतको चेन्नइमा झण्डै ५० हजारले भारतको मानव झण्डा बनाएका छन् । मेरो झण्डा मेरो इण्डिया अभियान अन्तर्गत ५० हजार मानिस बाइएमसीए मैदानमा भेला भएर भारतको झण्डा बनाएका छन् ।
India-human-Flag
५० हजार भारतीय नागरिकले चन्नइमा बनाएको भारतको मानव झण्डा
भारतीय सञ्चार माध्यमहरुका अनुसार झण्डा बनाउने समारोहको प्रत्यक्ष अबलोकन गर्न गिनिज बुकका प्रतिनिधि समेत कार्यक्रममा उपस्थित थिए ।
नेपालको मानव झण्डा निर्माण कार्यक्रममा भने गिनिज बुकका प्रतिनिधि उपस्थित थिएनन् ।
नेपाली मानवझण्डा निर्माणका आयोजकहरुले भिडियो खिचेर गिनिज बुकलाई पठाइएको जानकारी दिँदै भिडियो हेरेर मान्छे गनेपछि मात्र औपचारिक नतिजा आउने बताएका छन् ।
Pakistan-human-flag
-  

Category:

0 comments