Hindi Films

मौरी कृषकले गरे छ करोड आम्दानी

Unknown | 13:29 | 0 comments

 

 
 
news_26_7_2011_13जुम्ला, मङ्सिर २२ – जिल्ला कृषि विकास कार्यालय जुम्लाले यसवर्ष मौरी कृषकले रु ६ करोड बराबरको आम्दानी गरेको जनाएको छ ।
जिल्लाका विभिन्न गाविसमा गरिएको तथ्याङ्क सङ्कलन अनुसार मौरी किसानका ३० हजारदेखि ४० हजार मौरीका घार रहेका छन् ।
एउटा घारमा मात्र सरदर पाँच केजी मह उत्पादन हुन्छ । जिल्लामा दुई लाख केजीसम्म मह उत्पादन गरिएको बाली संरक्षण अधिकृत चन्द्रबहादुर बुढाले जानकारी दिए ।
अधिकृत बुढाका अनुसार दुई लाख केजीमा करिब ७५ हजार केजी मात्र मह बेचे पनि जुम्लाका किसानले करिब रु ६ करोड आम्दानी गरेको तथ्याङ्क निस्कन्छ । जुम्लाका सबैजसो गाविसका किसानले मौरी पाल्ने गर्दछन् ।
यसरी मौरी पालनबाटै ग्रामीण क्षेत्रका जनताले राम्रो आम्दानी लिएका छन् । उनीहरुका लागि मह जीवननिर्वाह र आम्दानीको प्रमुख स्रोत पनि बनेको छ । यसका लागि कृषि विकास कार्यालयले उन्नत् घार बनाउने कार्यक्रमलाई पनि जोड दिँदै आएको बाली संरक्षण अधिकृत बुढाले बताए ।
जुम्लेली किसानका लागि स्याउ, मह, सिमी, आलु, ओखर आम्दानीको प्रमुख स्रोत बन्दै गएको छ । पछिल्लो समयमा कृषि विकास कार्यालयले किसानलाई आकर्षक खालका कार्यक्रम पनि सञ्चालन गरी सबै थोक स्वदेशमै छ भन्ने कुरा सिकाएको छ । रासस

Category:

0 comments