Hindi Films

एसएलसीमा अब कोही फेल नहुने

Unknown | 23:00 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
एसएलसीमा अब कोही फेल नहुने ९० माथि ल्याउने विशिष्ट, २५ भन्दा कम ल्याउने धेरै कमजोर
काठमाडौ, मंसिर २५ - एसएलसी परीक्षामा सहभागी हुने कुनै पनि विद्यार्थी अब फेल नहुने भएको छन् । सरकारले यो बर्षदेखि प्राविधिकतर्फ र अर्को बर्षदेखि सबै खालको एसएलसी परीक्षामा ग्रेडिङ सिस्टम लागू गर्ने भएको छ । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बुधबार बसेको बैठकले ग्रेडिङ सिस्टम लागू गर्ने निर्णय गरेको परीक्षा नियन्त्रणक विष्णुबहादुर द्वारेले जानकारी दिए । शिक्षामन्त्रीको अध्यक्षतामा रहेको परिषद्ले यसै बर्षदेखि प्राविधिक एसएलसीतर्फ परीक्षणको लागि ग्रेडिङ सिस्टम लागू गर्ने र अर्को बर्षदेखि सबैतर्फ लागू गर्ने निर्णय गरेको हो । प्राविधिक तर्फको एसएलसी ९९ विद्यालयमा पढाई हुन्छ । ९० देखि १०० प्रतिशत अंक ल्याउनेलाई ए प्लस (विशिष्ट), ८० देखि ८९ प्रतिशतलाई ए (उत्कृष्ट), ६० देखि ७९ ल्याउनेलाई बी (धेरै राम्रो), ४० देखि ५९ सी (राम्रो), २५ देखि ३९ बी (कमजोर) र २५ भन्दा तल ल्याउनेलाई ई (धेरै कमजोर) ग्रेडिङ गरिने निर्णय भएको द्वारेले जानकारी दिए । दक्षिण एसियाली अधिकांश मुलुकमा एसएलसी तहको परीक्षामा ग्रेडिङ सिस्टम लागू गरेका छन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments