Hindi Films

रीतुको हत्यारा उनकै घरको ड्राइभर, प्रेममा धोका दिएकाले हत्या गरेको वयान (भिडियो सहित)

Unknown | 02:44 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२५ मंसिर, काठमाडौं । काठमाडौंमा दिनदहाडै छात्रा रीतु महासेठको हत्या गर्ने विमलेशप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंका विभिन्न ठाउँमा लुक्दै हिँडेका यादवलाई पक्राउ गरी हनुमानढोका प्रहरीले बिहीबार बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ परेका यादवले बयानका क्रममा आफूलाई रीतुले धोका दिएकाले पागलजस्तै भएर हत्या गरेको बताएका छन् । बयानका क्रममा उनले भनेका छन्-‘हामी ६ वर्षदेखि सँगै बसेका थियौं, हाम्रो लभ परेको थियो । उनले पनि मलाई मनपराउँथिन् । तर, तीन महिनाअघिदेखि हाम्रो स्तर मिल्दैन भन्दै धोका दिएकाले म पागलजस्तै भएको थिएँ ।’
दुई तीनपटकको भेटमा पनि किन धोका दिएको भनेर सोध्दा तेरो र मेरो स्तर मिल्दैन भनेपछि आफूलाई बेचैन भएको र यस्तो घटना हुन पुगेको यादवले वयान दिएका छन् । धनुषाको तुलसिया ६ निवासी यादव पेसाले निजी सवारी चालक हुन् । यादवले विगत ४/५ वर्ष पहिले रीतुको घरमा ट्याक्टर चलाएका थिए । उनको वयान अनुसार उच्च शिक्षाका लागि रीतु काठमाडौं आउँदा यादव पनि सँगै आएका थिए । अघिल्लो दिन हत्याको योजना बनाएका यादवको हातमा चोट लागेको, प्रत्यक्षदर्शीले देखेको तथा हत्या गरेका बेला आएको रगत पुछेको कपडा उसँगै फेला परेको लगायतका प्रमाणका आधारमा आफूहरुले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । वयानपछि हत्यारा यादव नै भएको खुलेको प्रहरीको भनाइ छ । गत शनिबार दिउँसो मैतीदेवीस्थित सेतोपुल भन्दा केही तल अनामनगरतर्फ हिँडिरहेको अवस्थामा रीतुलाई यादवले छुरी प्रहार गरी हत्या गरेका थिए । कतिपय मधेसवादी नेताहरूले रीतुकाे हत्या प्रकरणलार्इ राजनीतिक रंग दिने प्रयास गर्दै राजधानीमा मधेसी समुदाय असुरक्षित रहेकाे बताइरहेका बेला रीतुकाे हत्यामा मधेसी समुदायकै युवककाे संलग्नता खुलेकाे हाे । भिडियो हेर्नुहोस्
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments