Hindi Films

'यसरी हजुरआमा भूत जस्तै लाग्‍थ्‍यो,भन्दै मारिदिँए'पछी>>>>>>

Unknown | 02:58 | 0 comments

२०७१ मङ्शिर २३ मंगलवार
काठमाडौं : 'हजुरआमाले मलाई सधैं घुरेर हेर्नुहुन्थ्यो, भूतजस्तै लाग्थ्यो; उहाँलाई मारिदिएँ आनन्द भो', सोमबार अपराह्न एक बजे राजधानीको डल्लुस्थित सरस्वती गल्लीमा सुतिरहेकी हजुरआमाको हत्या गरेपछि नाति छिरिङ तामाङले प्रहरीसमक्ष यस्तो बयान दिए। ८६ वर्षीया वृद्धा दामु तामाङको क्रूर हत्यामा संलग्न १८ वर्षीय छिरिङ प्रहरी हिरासतमा छन्। लागूऔषध सेवनकर्ता छिरिङले हजुरआमा दामु सुतिरहेको अवस्थामा पहिला चुलेसी र पछि खुकुरीले घाँटी रेटेर हत्या गरेका हुन्। हजुरआमाको हत्यापछि टाउको लिएर कोठाबाहिर निस्कने क्रममा दाजु निर्मल तामाङले देखेपछि गुहार मागेका थिए। तत्कालै स्थानीय बासिन्दा र प्रहरीले छिरिङलाई नियन्त्रणमा लिएका थिए। महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रमुख डीएसपी पदमबहादुर बिष्टका अनुसार छिरिङमा हजुरआमाको हत्याप्रति कुनै पश्चात्ताप छैन। 'म कता जान्छु, के खान्छु, कति बेला सुत्छुलगायत विषयमा हजुरआमाले चियोचर्चो गरिरहनुहुन्थ्यो, सुत्यो भने कति सुतिरहेको काम छैन? भन्नुहुन्थ्यो, यो मलाई पटक्कै मन परेको थिएन। अब मारिदिएँ ढुक्क भयो', छिरिङलाई उद्‌धृत गर्दै डीएसपी बिष्टले भने। बिष्टका अनुसार छिरिङलाई नौ महिनाअगाडि स्वयम्भू प्रहरीले गाँजासहित पक्राउ गरेको थियो। 'प्रारम्भिक अनुसन्धान र छिरिङको बयानबाट केही दिनअघिदेखिनै हजुरआमा र नातिबीच खटपट आएको देखिन्छ, रिस बढ्दै गएपछि छिरिङ हत्या गर्ने योजनामा लागेको पाइन्छ', डीएसपी बिष्टले भने। छिरिङमाथि कर्तव्य ज्यान मुद्दा दायर गरिने भएको छ। यसअघि शनिबार बिहान साथीको विवाहमा हिँडेकी रेनु महासेठको मैतीदेवीस्थित सेतोपुलबाट घट्टेकुलो जाने बाटोमा छुरी प्रहारबाट हत्या भएको थियो। प्रहरीले हत्यामा संलग्न अभियुक्त पक्राउ गर्न सकेको छैन।

Category:

0 comments