Hindi Films

सिंहदरवार नजिकै छात्राको छुरी हानी हत्या गर्ने पक्राउ, प्रेममा धोका खाएपछि हत्या गरेको बयान

Unknown | 03:35 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
काठमाडौं, मंसिर २५ – देशको प्रशासनिक केन्द्र सिंहदरवार नजिकै रहेको अनामनगरमा दिनदहाडै छात्राको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका धनुषा तुलसीयाही ६ जगदीका विमलेशप्रसाद यादव हत्या गरिएकी छात्रा रीतु महासेठकै घरमा ड्राइभर रहेको पनि खुलेको छ । यादवलाई प्रहरीले बिहिबार बिहान पत्रकार सम्मलेन गरी सर्वाजनिक गरेको हो । यादवले बयानका क्रममा आफूलाई रीतुले धोका दिएकाले हत्या गरेको बताएका छन् । उनले बयानमा आफूहरु ६ वर्षदेखि सँगै बसेको र प्रेमसम्बन्ध पनि रहेको दाबी गरेका छन् । तर, तीन महिनाअघिदेखि हाम्रो स्तर मिल्दैन भन्दै धोका दिएपछि हत्या गरेको बताएका छन् । २७ वर्षीय यादव केही बर्षअघि महासेठको धनुषास्थित घरमा ट्याक्टर चलाउथे । रितु काठमाडौं आएपछि उनी पनि सँगै काठमाडौं आएको र यहँ निजी गाडी चलाउने गरेका थिए । यादवको हातमा चोट लागेको, प्रत्यक्षदर्शीले देखेको तथा हत्या गरेका बेला आएको रगत पुछेको कपडा लगायतका प्रमाणका आधारमा आफूहरुले नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । गत शनिबार साथीको विहेमा हिंडेकी २० वर्षीया ऋतु महासेठको बीच सडकमा छुरी हानीएको थियो । तँ धोकेवाज भन्दै यादवलेले महासेठलाई छुरी हानेका थिए । टिचिङ अस्पतालमा उपचारको क्रममा उनको निधन भएको थियो ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments