Hindi Films

मेक्सिकोमा ४० विद्यार्थीको आपराधिक समूहले हत्या गरेको खुलासा

Unknown | 05:05 | 0 comments

काठमाडौं, कार्तिक २२ । मेक्सिकोमा एक महिनाभन्दा बढी समयदेखि हराइरहेका ४० भन्दा बढी विद्यार्थीलाई आपराधिक समूहले हत्या गरेको खुलासा भएको छ । मेक्सिकोका महान्यायाधीवक्ता जिसस मुरिलोले इगुआला सहरबाट ६ हप्तादेखि हराइरहेका ४३ विद्यार्थीलाई लगे गिरेरस युनिडस भनिने आपराधिक समूहका सदस्यले हत्या गरेको जानकारी दिएका छन् । समूहका तीनजनाले ती विद्याथीहरुलाई प्रहरीले पक्राउ गरी आफूहरुलाई जिम्मा लगाएको र आफूहरुले उनीहरुको हत्या गरेको जनाएको मुरिलोले बताएका छन् । सेप्टेम्बर २६ मा प्रहरीसँगको झडपपछि ती विद्यार्थीहरु हराइरहेका थिए ।
गिरेरो राज्यको कलेजमा शिक्षक तालिम दिने कलेजमा पढिरहेका ती विद्यार्थीहरु शिक्षक भर्ना पक्षपाती भएको भन्दै विरोधमा उत्रिएका थिए । विरोधका क्रममा भएको झडपमा त्यसैबेला प्रहरीले चलाएको गोलीबाट ६ जनाको मृत्यु भएको थियो भने प्रहरीले अरु विद्यार्थीलाई नियन्त्रणमा लिएको थियो । यसपछि उनीहरुलाई नजिकैको सहर कोकुलामा लगेर गिरेरस युनिडस अपराधिक समूहलाई जिम्मा लगाइएको बताइएको छ । महान्यायाधीवक्ता मुरिलोले जिम्मा लगाउने क्रममै निस्सासिएर १५ जनाको मृत्यु भएको उल्लेख गरेका छन् । बाँकी जीवित विद्यार्थीहरुलाई सहरको फोहोर थुप्रयाउने डम्पिङ साइटको एक छेउमा लगेर गोली हानेर मारिएको थियो । त्यसपछि विद्यार्थीहरुका शवलाई थुप्रो लगाएर जलाइएको थियो । मेक्सिकोका महान्यायाधीवक्ता मुरिलोले अवशेषहरु पहिचानको क्रममै रहेकोले ती विद्यार्थीहरुलाई कानुनी रुपमा मृत भन्न नमिल्ने र हराइरहेका भन्नुपर्ने बताएका छन् । विद्यार्थीका परिवारले भने घटनाबारे सरकारी भनाइ अस्वीकार गर्ने देखिएको बीबीसीले जनाएको छ । हालसम्म घटनामा संलग्न ७४ जनालाई पक्राउ गरिएको छ । एजेन्सी |

Category:

0 comments