गोरखाको कहालीलाग्दो दृश्य, चारसय बढीको मृत्यु(भिडियोसहित)
![]() |
Published: April 29, 2015
गोरखा, बैशाख १६ । शनिवार मध्यान्ह गोरखाको वारपाकलाई केन्द्र विन्दु वनाएर गएको भूकम्पले गोरखामा चार सय भन्दा वढीको मृत्यु भएको छ ।
आज बिहानसम्म चार सय जनाको मृत्यु भएको पुष्टि भइसकेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । भूकम्पको केन्द्र विन्दु रहेको वारपाकमा ६९ जनाको ज्यान गएको छ । सिम्जुङमा ७१, गुम्दामा ५१,
लापुमा २६, लाप्राकमा १९, हंसपुर, खरिवोट र मुच्चोकमा ५/५ जनाको ज्यान गएको छ ।
लापुमा २६, लाप्राकमा १९, हंसपुर, खरिवोट र मुच्चोकमा ५/५ जनाको ज्यान गएको छ ।
भूकम्पका कारण सयौँ मानिस घाइते भएका छन् । घाइतेहरुको उद्घारका लागी ६ वटा हेलिकप्टर परिचालन गरिएको छ ।
नेपाली सेना, मनाङ एअर, सिम्रिक एअर, श्रीएअर, भारतीय बायु सेवा निगम लगायतका हेलिकोप्टरले भूकम्पबाट घाइते भएकाहरुलाई उद्धार गरि पोखरासम्म पुर्याउने काम गरिरहेको छ ।
जिल्लाको बारपाक, लाप्राक, गुम्दा, कासीगाउँ, केरौजाँ लापु, उहिया, सिर्दिवास गाविस वढी प्रभावित भएका छन् । केरौंजा, काशीगाउँ लगायत गाबिसमा तीन सय जनाभन्दा बढी स्थानीयबासी अझै हराइरहेका छन् । बस्ती माथि रहेको डाँडा भाँसिएपछि स्थानीयबासी सम्पर्कबिहीन भएका हुन् ।
मनास्लु पदमार्गमा गएका पर्यटकहरु पनि सम्पर्क बिहीन भएका जिल्ला दैविक प्रकोप उद्घार समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उद्धव तिमेल्सेनाले जानकारी दिए ।
लापु गाबिसको भीरमा ६ जना बिदेशी पर्यटक सहित २१ जनाको शव भेटिएको छ । छोप्राक, खोप्लाङ्ग, हर्मी, आँपपीपल, मीरकोट, धुवाँकोट, देउराली, लगायतका गाउँहरुमा राहत सामग्री बितरणमा ढिलाई भएको भन्दै स्थानीयहरु आक्रोसित भएका छन् ।
सदरमुकाममा रहेका उत्तरी गाविसका स्थानीयका अनुसार अझै सयौँ घाईतेहरु दुर्गमका बिभिन्न गाविसमा छट्पटाईरहेका छन् ।
![]() |



0 comments