साउदी हवाई आक्रमणमा बीस हुथी विद्रोहीको मृत्यु
|
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२०७१ चैत्र
साना: यमनको उत्तरी प्रान्त आम्रानमा साउदी अरेबियासँगआवद्ध सैनिक समूहले गरेको हवाई आक्रमणमा परी कम्तीमा २० हुथी विद्रोहीहरुको मृत्यु भएको छ ।
यमनी सैनिक अधिकारीहरुले बिहीबार सो आक्रमणको बारेमा जनाकारी दिएका छन् । उनीहरुले सो आक्रमण जारी नै रहेको बताएका छन् ।
साउदी अरेबियाको युद्धकविमानले बिहीबार बिहान र अपराह्नमा गरेको हवाई आक्रमणमा परी कम्तीमा २० हुथी विद्राहीको मृत्यु भएको जनाइएको हो ।
आम्रान सहरको बाहिरी इलाकामा हुथी शिविर बइट अल गोहोउम र घुलाट आजिब गाउँमा भएको सो हवाई आक्रमण भएको जनाइएको छ ।
आम्रान सहरका चिकित्सक स्रोतकाअनुसार राजधानी सानादेखि ५० किलोमिटर उत्तरमा पर्ने सो इलाकाबाट २० हुथी विद्रोहीको शव भेटिएको थियो । साथै अपराह्नको समयमा अन्य २७ जना घाइते उपचार गराउन आएका पनि अस्पताल स्रोतले जनाएको छ ।
यमनमा हुथी विद्रोहीले यमनी राष्ट्रपति विरुद्ध आक्रमण गर्न सुरु गरेपछि उनी दुई हप्ताअघि नै भागेर साउदी अरेबियाको शरण लिइरहेका छन् । उनको अनुरोधपछि साउदी अरेबियाको सेनाले यमनमा गत मार्च २६ बाट हवाई आक्रमण सुरु गरेका थिए ।
यमनी सिया मुस्लिम विद्रोहीहरूका विरुद्धमा जारी राखिएको सो कारबाहीका क्रममा पनि कैयौँ विद्रोही मारिएका बताइएको छ ।
विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले गत मङ्गलबार दिएको जानकारी अनुसार यमनमा जारी विद्रोहमा परी दर्जनौँको सङ्ख्यामा बालबालिकासहित कम्तीमा ५६० व्यक्तिको मृत्यु भएको छ ।
त्यसगरी विद्रोहको कारण एक हजार ७६८ व्यक्ति घाइते हुनुको साथै १० हजार भन्दा बढी घरपरिवार घर छोडी भागेका छन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
|
Category: News
0 comments