Home �
News
� के विदेशमा हुनुहुन्छ? साबधान यस्ता ‘ब्वाँसा’ हरुले तपाइँ र श्रीमती बीच फाटो ल्याउन सक्छन !!
Unknown |
02:57 |
0
comments
November 05, 2014

काठमाडौं,कात्तिक १९ – खाडीमा तर्तरी पसिनासँग श्रम साट्ने पतिहरु यता छाडठेर गएकी पत्नीबारे सधैं चिन्तित हुने नै भए । त्यसमाथि सहरमा पति विदेसिएका पत्नी खोज्ने ‘ब्वाँसा’ बग्रेल्ती छन् । कसैले विदेशमा छिसिक्क सुनाइदियो ,‘तेरी पनि त्यस्तैमा लागेकी छ रे है ?’ विचरो श्रम बेचुवा निम्छरो मरेतुल्य हुने नै भयो ?
तर सबैका पत्नी यसरी बिग्रिदैनन् । कहिलेकाहीँ कसैको कुदृष्टि लागिदिँदा विदेश बस्ने पतिहरु भाउन्निएर बाँच्नुपर्ने हुन सक्छ । यस्तैमा परे,शिव भुजेल ,जो साउदी अरबमा उँट चराएर गुजारा गर्दै छन् । रामेछापको एउटा केटो छ,मंगल तामा– । काम केही गर्दैन । पैसावालकी पत्नी सकेसम्म पति विदेशिएको वा वा यतै भएर पनि पतिलाई छल्दै ऐयासीमा लागेकाहरु खोज्दै हिँड्ने उनको एकसूत्रीय धन्दा हो । बसाईं जोरपाटीमा । बौद्धनिर आउँदा–जाँदा सलक्क ज्यान परेकी,न मोटी न दुब्ली ठिक्कको जिउडालकी सरिता लामा (नाम परिवर्तन)माथि आँखा पर्यो मंगलको । उनी एक्ली छन्,पति विदेशमा भन्ने कुरा मंगलले पहिल्यै अरु माध्यमबाट बुझिसकेको थियो । कोठा पत्ता लगाएपछि बाटो पारेर हिँड्न थाल्यो । आउँदा जाँदा भेटिने र भेटमा आज अलिकति ,भोलि अलि धेरै ,पछि अलि धेरै गर्दै कुराकानीको क्रम बाक्लियो । एक सातापछि मंगलले कतै खाजा खानका लागि अफर गरे । बौद्धकै एउटा रेष्टुरामा उनीहरुले खाजा खाए । केटोले रक्सी पियो । सरिताले पिउन मानिनन् । सरिताचाहिँ मोवाइलमा फेसबुक चलाइरहेकी थिइन् । जिस्किँदा जिस्कँदा सरिताको मोवाइल मंगलले चलाएजस्तो गर्यो । खासमा उसले सरिताको मोवाइलबाट आफूलाई फ्रेन्ड रिक्वेस्ट पठायो । र आफ्नो मोवाइलबाट एसेप्ट गर्यो ।
यसपछि उनीहरुलाई फेसबुकले नजिक्याउन थाल्यो । अर्को कुनै एक दिनको भेटमा मंगलले उपाय रच्यो– सरिताको मोवाइलमा फेसबुकको पासवर्ड तलमाथि पारिदिने र एकाउन्ट ब्लक गरिदिने । उसले एकाउन्टमा नयाँ पासवर्ड राख्यो र आँफै चलाउन थाल्यो । यसबीचमा मंगलले सरितालाई अनेक भनेर जालमा पार्न खोज्यो तर उनले मानिनन् । त्यसपछि उसले सरिताको फेसबुकबाट उनको पतिलाई म्यासेज पठायो – यो हो मेरो प्यारो साथी । अब म तिमीबाट टाढा भए ।’ यति भनेपछि विचरो साउदीमा मरेतुल्य हुने नै भयो । त्यसपछि उसले श्रीमतीलाई फोन गर्यो ,श्रीमतीले अनविज्ञता प्रकट गरिन् । उनी नेपाल फर्किए र यसबारे बुझ्दै जाँदा मंगल दोसी भएको प्रहरीले पत्ता लगायो । हिजो बुधबार अपराध महाशाखाले विद्युत्तिय कारोवार ऐन अन्तर्गत मंगललाई हनुमानढोकामा बुझाएको छ,जनआस्था साप्ताहिकमा खबर छ ।
|
 |
Category:
News
0 comments