Hindi Films

किन थुनायो ‘प्रेमिकाको भाइले पारसलाई ?’

Unknown | 03:18 | 0 comments

  ‘प्रेमिकाको भाइले थुनायोे’

  , November 05, 2014 
काठमाडौं, कात्तिक १९– पूर्वयुवराज पारस शाहले प्रेमिकाको परिवारले नै आफूलाई योजनाबद्ध ढंगले फसाएको बताएका छन् । कमिसनको लोभमा प्रेमिका र उनका भाइले आफुलाई पक्राउ गराएको दावी उनले गरेका छन् ।  पारस पक्राउमा उनकी थाई प्रेमिका कनिका चान्साईको भूमिका शंकास्पद रहेको समाचार २७ असोजमा नै आएको थियो । पारसलाई धरौटीमा रिशा गराउन कनिकाले नै थाई प्रहरी र पारसबीच मध्यस्थता गरेकी थिइन् ।paras shah
पूर्वयुवराज पारस करिब एक महिनाअघि लागूऔषधसहित बैंककमा पक्राउ परेका थिए । धरौटीमा छुटेका उनको अदालतमा मुद्दा चलिरहेको छ । पक्राउ पर्नुभन्दा अघिल्लो रातभर थाई प्रेमिकासित झगडा परेको उनले आफ्नो फेसबुक पेजमा उल्लेख गरेका छन् ।
‘७ अक्टोबरको रातिदेखि भोलिपल्ट बिहानसम्म ती युवतीसँग मेरो झगडा पर्यो, बिहान १२ बजेतिर मलाई उनकै नगरमा उनका भाइले पक्राउ गराए,’ पारसले मंगलबार आफ्नो फेसबुक पेजमा अंग्रेजीमा लेखेका छन् । अदालतमा मुद्दा चलिरहेको यसबारे थप कुरा खोल्न नमिल्ने उनले उल्लेख गरेका छन् । थाई प्रहरीले सात लाख भाठ –करिब २० लाख नेपाली रुपैयाँ) घुस मागेको उनले पारसका साथीहरुलाई बताएकी थिइन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

Category:

0 comments