Hindi Films

दक्षिण एसियामा हतियारको होडबाजी, भारत, पाकिस्तान र चीनबारे खुलासा

Unknown | 10:25 | 0 comments

 काठमाडौं, वैशाख ४ । इरानको परमाणु कार्यक्रमले विश्व जगतमा हलचल मच्चाइरहेकै बेला दक्षिण एसियाका राष्ट्र पनि परमाणु कार्यक्रम निर्माणमा अग्रसर भइरहेको खुलासा भएको छ ।

‘स्टहोम इन्टरनेसनल पीस रिसर्च इन्स्टिच्यूट’का विशेषज्ञहरुको टोलीले हालै सार्वजनिक गरेको रिपोर्टअनुसार भारत, पाकिस्तान र चीनबीच परमाणु क्षमता विस्तारमा होडबाजी नैचलिरहेको छ । जुन विश्वका लागि खतराको विषय हो ।

राजनीतिक रुपमा असुरक्षित रहेको पाकिस्तान पछिल्लो समय परमाणु कार्यक्रममा निरन्तर लागिरहेको छ । जसका कारण पछिल्लो दशकमा पाकिस्तानले आफनो मिसाइल संख्या तीन गुणाले बृद्धि गरेको छ ।

स्टकहोम इन्टरनेसनल पीस रिसर्च इन्स्टिच्यूटले जनाएअनुसार पाकिस्तानले आधा हतियार चीनबाट निर्यात गर्ने गरेको छ ।

चीनले परमाणु कार्यक्रम तीव्र बनाएको उल्लेख गर्दै प्रतिवेदन भन्छ–‘चीनको परमाणु क्षमता विस्तार र सैनिक संख्या भारतका लागि चिन्ताको विषय बनेको छ ।’

आफ्नो ‘परम्परागत प्रतिद्धन्द्धी’ पाकिस्तानसँग चीनको गहिरो मित्रता पनि भारतको टाउको दुखाइको अर्को कारण हो । चीनसँग २ सय ५० ओटा मिसाइलसहित विकसित हतियार रहेको छ ।

चीनले सन् १९५० को दशकमा कोरिया युद्धलाई ध्यान दिइ हतियार निर्माण थालेको थियो । भारतसँग भने १ सय १० ओटा मिसाइल रहेको रिपोर्टमा उल्लेख गरिएको छ ।

भारतले लामो तथा छोटो दूरीको ब्यालेस्टिक र क्रुज मिसाइल प्रयोगमा ल्याइरहेको छ । (एजेन्सी)


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments