Home �
News
� कतारमा एक नेपाली सुतिरहेको अवस्थामा मृत भेटिए
Unknown |
08:11 |
0
comments
२० भदौं, काठमाडौं ।
वैदेशिक रोजगारीका शिलशिलामा कतारमा रहेका एक नेपालीको ज्यान गएको छ । धादिङ निलकण्ठका दीलिप मगरको विहीवार राती ज्यान गएको हो । उनी कतारको कर्वा कम्पनीका सवारी चालकको रुपमा कार्यरत रहेका थिए । विगत तीन वर्षदेखि कम्पनीको बस चलाउदै आएका मगर सुतिरहेको अवस्थामा मृत भेटिएका हुन् । उनको मृत्युबारे केहि खुलाईएको छैन् ।
शुक्रबार बिहान प्रहरीले अनुसन्धानको लागि उनको शव लगेको सँगै काम गर्ने हेटौडाका कुमार सिलबाल जनाकारी दिनुभयो । उनीसँग सँगे बस्ने पाँचजनालाई प्रहरीले सोधपुछ थालेको छ । दिनभरको गर्मी र थकाईपछि एयर कन्डिसनको चिसोमा सुतेका कारण उनको मृत्यु भएको अनुमान गरिएको छ । मृतकका ६ वर्षकी छोरी र ३ बर्षका छोरा र श्रीमती रहेका छन् ।
Category:
News
0 comments