Hindi Films

माफी माग्दा पनि सुख पाइनन् गायिका अन्जु पन्तले (माफी पत्र सहित)

Unknown | 22:58 | 0 comments

भदौ-२०, काठमाडौं ।
पछिल्लो समय गायिका अन्जु पन्त बिबादको घेरमा परेकी छिन् । एउटा गायिकाले धर्मको नामलाई मुद्दा बनाउदै हिन्दु बादी गीत नगाउने भनि अस्विकार गरेपछि पछिल्लो समय सामाजिक संजालमा गायिका अन्जु पन्त बिरुद्द बिबाद चुलिएपछी उनले बिहिबार हस्त लिखित बिज्ञप्ती मार्फत माफी मागिन् तर पनि उनले सुख पाएकी छैनन् अहिले पनि उनको चौतर्फी आलोचना र खण्डन भैरहेको छ ।

गितको शब्द हेरेपछि उनले गित गाउन नमानेको रहस्य खुलेपछि यो बिषयमा निकै चर्काचर्की परेको छ । गायिका अन्जु पन्तले सहदेव कोइरालाको शब्द तथा संगीत रहेको गीत गाउन अस्विकार गरेकी हुन् । मञ्जुश्री स्टूडियो पुगेकी पन्तलाई गाउन भनिएको गितमा ‘दुर्गा माताको आर्शिवादले सोचे जस्तै पुगोस्’ शब्द प्रयोग भएको थियो । गीतमा हिन्दुवादी शब्द भएको भन्दै उनले गाउन मानिनन् ।

उनले आफू क्रिश्चियन धर्म मान्ने भएकाले हिन्दुवादी शब्द उच्चारण गर्न नमिल्ने बताउदै उनले भनेकी छिन् ,’मेरो धर्मले हिन्दू गीत गाउन दिँदैन । म त्यस्ता शब्दहरु गाउन सक्दिनँ ।’ हिन्दुबादीहरुले उनको गीत संगीतलाई नै बहिस्कार गर्ने सम्मको प्रतिकृया जनाए पछी उनले माफी मागेकी हुन् । उक्त बिज्ञप्तीमा सबै धर्म समान रहेको भनेकी छिन् । तर पनि सामाजिक संजालमा उनि प्रति आलोचना र खण्डन रोकिएको छैन ।

उनले माफी नै माग्ने हो भने आम जनताको बीचमा रहेर माफी माग्नु पर्ने भन्दै एउटा पत्र फेसबुकको भित्तामा राखेर माफी मागेको स्वीकार्य नहुने सामाजिक संजालमा अधिकांसले सुझाब दिएका छन् । अन्जुको यस किसिमको अभिव्यक्तिका कारण उनको सांगीतिक यात्रा र पेशा नै संकटमा नपर्ला भन्न सकिने अबस्था छैन ।

Category:

0 comments