Hindi Films

भ्रष्टाचारका लागि वर्षेनी ३६ लाखको मृत्यु

Unknown | 00:23 | 0 comments

भ्रष्टाचारका कारण विश्वमा हरेक वर्ष दशौँ लाख मानिसको ज्यान जाने गरेको र गरीब देशहरुबाट १० खर्ब अमेरिकी डलर बाहिरिने गरेको एक प्रतिवेदनले देखाएको छ ।

भ्रष्टाचार विरोधी संगठन वनले सार्वजनिक गरेकेा तथ्यांक अनुसार विश्वमा पछिल्लो दुइ दशकमा चरम गरिबी निवारणमा प्राप्त प्रगतिलाई भ्रष्टाचार तथा अपराधले संकटमा पारेको छ ।

प्रतिवेदन अनुसार विश्वमा भ्रष्टाचारकै कारण हरेक वर्ष ३६ लाख मानिसले ज्यान गुमाउने गरेका छन् । अदृश्य कम्पनीहरुको प्रयोग तथा मुद्रा निर्मलीकरण लगायतका कार्यहरुबाट समेत चरम भ्रष्टाचार हुने गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।

भ्रष्टाचारलाई टिकाइराख्न सघाउने गोप्यताको अन्त्य गर्ने तथा उठेको राजश्वलाई स्वास्थ्य क्षेत्रमा खर्चिनेहो भने कम आय भएका देशहरुमा हुने अधिकांस अकाल मृत्युलाई रोक्न सकिने ठम्याइ संगठनको छ ।

‘टि्रलियन डलर स्क्यान्डल’ नाम दिइएको उक्त प्रतिवेदनका अनुसार भ्रष्टाचारका कारण निजि लगानी निरुत्साहित भएको, आर्थिक वृद्धिदर घटेको, व्यवसाय संचालनको लागत बढेको तथा राजनीतिक अस्थिरता बढेको पाइएको छ ।

Category:

0 comments