Hindi Films

मलेसियामा सुतेकै ठाँउमा सञ्जिपको ज्यान गयो

Unknown | 16:07 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२०७१ पौष १३ खोटाङ: वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका खोटाङका एक युवाको सुतेकै ठाउँमा ज्यान गएको छ । जिल्लाको उत्तरी गाविस खार्मी–५ का २० वर्षीय सञ्जिप राईको शनिबार राती सुतेकै ठाउँमा ज्यान गएको हो । बेलुकाको खाना खाएर सुतेका राई बिहान मृत फेला परेको सोही ठाउँमा कार्यरत तुलाराम तामाङले जानकारी दिए । दश महिनाअघि मलेसिया पुगेका राईको शव परीक्षणका लागि स्थानीय अस्पतालमा राखिएको छ । मलेसियाको जोहरबारुस्थित ईलेक्ट्रोनिक कम्पनीमा कार्यरत राई काठमाडौंको मोडेल ईन्टरप्राईजेज् कम्पनीबाट गत चैत्रमा मलेसिया पुगेका थिए । उनको के कारणले मृत्यु भएको हो भन्ने खुल्न बाँकी रहेको आफन्तले जनाएका छन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments