Hindi Films

आलोचना गर्दैमा हाम्रो प्रेम सम्बन्ध टुट्दैन: अनुष्का शर्मा

Unknown | 15:05 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
एजेन्सी । विश्वकप क्रिकेटमा भारतको पराजयपछि निक्कै आलोचनामा परेकी क्रिकेटर बिराट कोहोलीकी प्रेमिका एवं बलिउड अभिनेत्री अनुष्का शर्माले पहिलो पटक मुख खोलेकी छिन् । उनले आफूहरुको सम्बन्ध कसैले आलोचना गर्दैमा नटुट्ने स्पष्ट पारेकी छिन् । भारतको चर्चित पत्रिका फिल्मफेयरको अनलाइन संस्करणले जनाए अनुसार अनुष्काले आफुहरुको मजाक बनाउँदैमा र आलोचना गर्दैमा सम्बन्धमा फरक नपर्ने बताएकी हुन् । अनुष्काले बिराटसँग आफ्नो नाम जोडिनु सामान्य कुरा भएको र बिराटले राम्रो गर्दा र गर्न नसक्दा दुवै समयमा आफ्नो चर्चा हुने गरेकाले यो सामान्य भएको प्रतिक्रिया समेत दिएकी छिन् । विहीबार अष्ट्रेलियासँगको सेमी फाइनलमा अनुष्काका प्रेमी तथा भारतीय उपकप्तान बिराट कोहोलीले केवल १ रन बनाएर आएट भएपछि भारतमा उनको पुत्ला जलाइनुका साथै अनुष्काको समेत ब्यापक आलोचना गरिएको छ । अनुष्का बिराटको खेल हेर्न अष्ट्रेलिया पुगेकी थिइन् । तर उनी उपस्थित खेलमै बिराटले सबै भन्दा खराव प्रदर्शन गरेका थिए ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category: ,

0 comments