रानीबारी हत्याकाण्डको रहस्य सुल्झियो, दुई पक्राउ
![]() |
काठमाडौँ, चैत १ EWS AL
प्रहरीले चर्चित रानीबारी हत्याकाण्डको रहस्य सुल्झाउँदै दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले शुक्रबार मनराज गुरुङ र प्रमेश चौहानलाई पक्राउ गरेको छ। उनीहरूलाई केहीबेरपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दैछ।
२०५९ साल असार ३१ गते रानीबारीस्थित डेरामा सुतिरहेको अवस्थामा इन्जिनियर हेमन्त श्रेष्ठ र अन्जली श्रेष्ठको धारिलो हतियार प्रहरी गरी हत्या भएको थियो। पक्राउ परेकाहरू इन्जिनियर दम्पतीलाई हतियार प्रहार गर्नेहरू भएको स्रोतको दाबी छ।
घटनाको १२ वर्षपछाडि प्रहरीले हत्याकाण्डको अनुसन्धानमा सफलता पाएको हो। उच्च प्रहरी स्रोतका अनुसार पक्राउ परेकाहरू सोही घरको माथिल्लो तलामा बस्नेलाई मार्न गए पनि इन्जिनियर दम्पती मारिएको दाबी गरेको छ।
सो घरको माथिल्लो तलामा गीता खड्का बस्थिन्। बैदेसिक रोजगारसम्बन्धी काम गर्ने उनी घटनापछि मुलुकबाहिर छिन्। प्रहरीका अनुसार खड्का उनी पासपोर्टमा तस्बिर फेरेर मानिसलाई विदेश पठाउने काममा संलग्न थिइन्।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News



0 comments