Hindi Films

छात्रामाथि यौन दुर्ब्यबहार प्रकरण, गोप्य फोन रेकर्डमा यस्तो थियो ? १६ मिनेट लामो कुराकानीमा के–के भनेको थियो ? (फोनमा भएको कुराकानी जस्ताको तस्तै तल पढ्नुहोस)

Unknown | 08:25 | 0 comments


ईन्ट्रेस्ट पुरा गर्न पनि पाईयो, मैले यत्रो जोखिम उठाएर सबै कुरा गर्छु भनेकै छु मैले यसो भन्दा भन्दै तिमीलाई के को पीर । लाईफ बनाई दिन्छु भनेकै छु पिर गर्नुपर्दैन ।: प्रगती उच्च मा.वि. का शिक्षक टेकप्रसाद पौडेल
मेरो अनलाईनखबर डट कम बिशेष खोज
हेटौंडा उपमहानगरपालिका–९ स्थित प्रगती उच्च मा.वि. का शिक्षक टेकप्रसाद पौडेललाई छात्रामाथी यौन दुव्र्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यलयले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । शिक्षक पौडेलले कक्षा १० मा अध्ययनरत १६ वर्षिय एक छात्रालाई मोबाइलमा कुरा गरी यौन दुव्र्यबहार गरेको आरोप छ । मोबाईला सम्बादमा के थियो ? आम पाठकलाई सत्य, तथ्य र निष्पक्ष सूचना संम्प्रेसन गर्नु हाम्रो दायित्वलाई मध्यनजर गर्दै सुसूचित बनाउनु हाम्रो कर्तव्य ठानी पीडित छात्राको नाम गोप्य राखी उक्त अडियो रेकर्डको सम्पूर्ण कुराकानी जस्ताको तस्तै यस प्रकार रहेको छ । 

छात्रा : हेलो…
शिक्षक : अँ भरखरै घर आईपुगेको थिए । अनि के छ खबर ?
छात्रा : ठिकै छ ।
शिक्षक : अनि भोलि के हुन्छ ?
छात्रा : भोलि आँउछु होला … आँउछु
शिक्षक : कति बजे ?
छात्रा : समय चाँहि खै थाहा छैन ।
शिक्षक : सकेसम्म चाँडो आउनु ल ।
छात्रा : हुन्छ ।
शिक्षक : आज कति तीन कि चार दिन भयो ?
छात्रा : तीन ।
शिक्षक : भोलि सहज हुन्छ नि ?
छात्रा : खै ?
शिक्षक : हुन्छ होला नि थाहा हुँदैन आफुलाई ?
छात्रा : हुँदैन होला कहाँ हुन्छ त ?
शिक्षक : ब्लिडिङ भईरहेको हुन्छ त ?
छात्रा : हुन्छ ।
शिक्षक : कि पर्सि आउने त ?
छात्रा : बुधबार त्यसो भए ।
शिक्षक : भोलि पनि बुधबार पनि आउन मिल्दैन ?
छात्रा : भोलि मिल्दैन बुधबार हुन्छ ।
शिक्षक : बुधबार आउन भोलि फेरी गाह्रो हुने हो कि ?
छात्रा : हुन्छ ।
शिक्षक : घरबाट आउने कुरामा सहमती भयो ?
छात्रा : हुन त भाको छैन ।
शिक्षक : अनि कसरी आउने त ?
छात्रा : अब भन्दै छु ।
शिक्षक : भोलिलाई भनेको छ कि बुधबारलाई भनेको छ ?
छात्रा : अब जहिले हुन्छ तहिले गर्ने..
शिक्षक : अनि कसलाई भनेको त ?
छात्रा : भन्न त ममि बुबा दुबैलाई भनेको छु । ममि बुबाले पर्दैन भनि रहनु भएको छ भन्न त अहिलेसम्म।
शिक्षक : कस्ता मान्छे है, मलाई एकदम सहयोग हुन्छ, कस्तो मज्जाले बुझ्नेगरी पढाउनुहुन्छ भन्नु पर्दैन त मिलाएर ?
छात्रा : भनेको हो भन्न त
शिक्षक : अनि के भन्नु हुन्छ त ? कतै नजा भन्छन ?
छात्रा : तँ बिरामी छेस किन जानु पर्यो त भन्नु हुन्छ
शिक्षक : हैन मलाई धेरै फाईदा हुन्छ सरले कत्ति उ गर्नु हुन्छ । नौ मा पनि एक दुई दिन पढेको हो । मलाई एकदम सहयोग हुन्छ भन्नुपर्छ क्या ।
छात्रा : अँ प्रतिमाको दाईसंग पनि पढिराकी छेस, उता किन जानुपर्यो ? एक्लै हिँड्नु पर्दैन ढल्छेस भनिरहनु भाको छ ।
शिक्षक : ढल्दिन भनन, म ट्यम्पुमा आँउछु, अनि बेलुका आँउदा सरले ल्याईदिनु हुन्छ भन्नु के…
छात्रा : अब त्यही भन्नु पर्ला
शिक्षक : अनि सुनन् भोलि नै त्यो गर्दा झ्याउ हुने होकि ? भईरहन्छ त्यस्तो ?
छात्रा : अँ सात दिनसम्म हुन्छ ।
शिक्षक : हो र ?
छात्रा : अँ ।
शिक्षक : त्यसो भए बुधाबार नै गरौ क्यारे । हुन्छ ?
छात्रा : हुन्छ भन्नुपर्यो ।
शिक्षक ; भनन के गर्ने ? तिमि आफै भन ।
छात्रा : खै घरमा सोध्छु जा भन्ने अनुमति मिल्यो भने आईहाल्छु ।
शिक्षक : अनि दिएनन् भने एक चोटी आउ है ?
छात्रा : कोसिस चाँही गर्छु ।
शिक्षक : कि भोलि मिल्छ त ?
छात्रा : अँ भोलि त म आँउदिन छोडदिनु अँ…
शिक्षक : भोलिलाई नै भनि सकेको त हैन नि ?
छात्रा : छैन ।
शिक्षक : त्यसो भए बुधबार आउन त ।
छात्रा ; अँ हुन्छ सकेसम्म आउने कोसिस गरिहाल्छु ।
शिक्षक : हैन त्यसो भन्न हुन्न एक चोटि त जसरी नि ।
छात्रा : अनि म्याम आउनु भयो त ?
शिक्षक : आज आए भोलि जान्छे नि त । बुझ्यौ ?
छात्रा : आईसक्नु भयो घरमै ?
शिक्षक : अँ अँ अँ भोलि जन्छन के । बुझेनौ कुरा ? अरु प्रोबलम हुदैँन के बुझ्यौ कुरा ?
छात्रा : अँ अँ हुन्छ ।
शिक्षक : के गर्ने ? भोलि नगर्ने ? बुधबार आउने त ?
छात्रा : हुन्छ ।
शिक्षक : बुधबार म जन्न है त स्कुल है ?
छात्रा : म भन्छु नि त ।
शिक्षक : फोन गरेर बेलुका भन ल त ?
छात्रा : म भन्छु नि त प्रतिमा आँउदिन रे ।
शिक्षक : हो राम्रो भो झन राम्रो भो नआएकै ठिक भो ठिक भो मनको कुरै हुँदैन क्या । अति आईडियाहरु दिनुपर्छ मैले । अरु भाको भए त टेनसन हुन्छ हो कि होईन भन त ?
छात्रा : अँ अँ अँ…
शिक्षक : होईन ईक्जामको कुरा पनि धेरै भन्न बाँकि छ । त्यसले गर्दा झ्याउ हुन्छ क्या ।
छात्रा : ममिहरुले जाने भए जा सन्ध्य लिएर जा भन्दै हुनुहुन्थ्यो ।
शिक्षक : अँ पर्दैन झ्याउ ।
छात्रा : तै पनि भन्न चाँही भनेको छैन ।
शिक्षक : सरले स्वच्छा तरिकाले पढाउनु हुन्छ तपाँईले गलत सोचेको भए त्यस्तो सोच्नु पर्दैन भनन् के है बुभ्mयौ ।
छात्रा : अँ बुझे ।
शिक्षक > करियर बनाउने साईडमा एउटा मान्छे चाहिन्छ अनेक आईडिया हुन्छ क्या हामीसंग एउटा मान्छेले प्रभाव पारेपछि अर्को मान्छेले पनि प्रभाव पार्छ क्या । त्यस्तो हो नि हो कि होईन, होईन
छात्रा : मनिषले फोन गरेको थियो आज ।
शिक्षक : कस्ले ?
छात्रा : मनिषले ।
शिक्षक : के भनेर नि ?
छात्रा : प्रपोज हानेको थियो ।
शिक्षक : के भनेर नि ?
छात्रा : के भनेर हुनु नि त्यही भनेर नि ।
शिक्षक : ए बुझे बुझे ।
छात्रा : केही पनि भनेको छैन भन्न चाँहि ।
शिक्षक : अनि ए तिमिले नम्बर दिएको त्यसलाई ?
छात्रा : मैले द्या हैन मनिषको वर्थ डे मा बोलाको थियो अनि म त्यही बेला गएको थे फर्कदाखेरी बेलुका राती भएको थ्यो ।
शिक्षक : अनि त्यो मनिषले घाँटिमा लाको त्यो तिमिले देको हो ?
छात्रा : मैले हैन त्यो त उनकै दिदीले देको हो ।
शिक्षक : ए ल ल
छात्रा : अनि मनिषको नम्बर मैसंग थियो है अनि दिदीले बहिनी किन आइन भनेर कल गर्नु भएको थियो । त्यही बेला मनिषले नम्बर सेभ गरेको रैछ ।
शिक्षक : ल हेर अँ
छात्रा : अनि मनिषलाई के भन्नु त अब म ?
शिक्षक : त्यसलाई के भन्नु त थ्यत । त्यस्तो सोच्यो भने त जीन्दगी डुबियो नि तिम्रो ।
छात्रा: उ त्यस्तो भन्छ अनि खेर ?
शिक्षक : भनेको भरमा हुन्छ ? आफ्नो करियर सोच्नु पर्दैन ?
छात्रा : अँ सोचेको त छ नि ।
शिक्षक : तिम्रो छैन के बुद्धि मैले धेरै कुरा सिकाउनु पर्छ कुरा बुझ्यौ त धेरै पढाउनु छ क्या ।
छात्रा : अँ
शिक्षक : करियरको बारेमा सोच्नुपर्छ क्या हतारिनु हुँदैन ।
छात्रा : हस खाली उसले भनेको भन्याइ गरिराछ ।
शिक्षक : भने पनि मेरो अन्तै व्यवस्था भईसकेको छ भनिदेउन । बुझ्यौ ?
छात्रा : अनि के भनिदिने ?
शिक्षक : को भन्नु बा आमाले खोज्नु भाको छ भनि दिनु ।
छात्रा : आमा….अहिलेबाट बा आमाले खोज्नु भाको छ भन्नु ?
शिक्षक : भन्दे मईहाल्छ नि । म भन्न मिल्दैन मेरो नाम भन्न मिल्दैन फेरी पागल होला हैन ?
छात्रा : अँ अँ के भन्ने के भन्ने भईराछ ।
शिक्षक : तिमिलाई म लाईफमा टेकअफ गरिदिन पनि सक्छु गरिदिँउ ?
छात्रा : अँ अँ त्यसो गर्यो भने अँ……
शिक्षक : हैन मैले बुझे अर्कै तरिकाले गरौँला नि है त है ? अरु मैले भन्या मान्छे
छात्रा : अँ…..अँ….
शिक्षक : बुझेनौ अरु कुरा तिम्रो करियर राम्रोसंग बनाउने गरी क्या बुझ्यौ ?
छात्रा : मनिष पागलै भईसक्यो क्या । २४ सै घण्टा हाम्रो घरतिर आईराको हुन्छ ।
शिक्षक : पालगै भो त्यसो भो त्यो सक्किने भो यसपालीको जाँचमा फेल हुन्छ कि क्या हो त्यो ?
छात्रा : खै के थाहा ?
शिक्षक : भर्खरै घर आएर अंगुर खाँदै थिए मैले ।
छात्रा : आज पनि आको थ्यो आज भरखर ।
शिक्षक : होर ? त्यसलाई केही पनि नभन छोडिदेउ अब । बा आमाले अन्तै उ गर्नु भको छ भनिदेउ । त्यसो भने पछि मान्छे फलो गर्न आँउदैन क्या ।
छात्रा : के भन्ने खै के भन्ने ?
शिक्षक : केही भन्ने पर्दन नि । त्यस्तो गर्न थाल्यो भने करियर खतम हुन्छ फेरी ।
छात्रा : एन्सर माग्या माग्यै छ ।
शिक्षक : नो भन सिद्धिगोनी अनि तिमिलाई त्यहीसंग लाईफ जानेगरी मन बसेको हो ?
छात्रा : नो भन्या त हो नि म मा के कमि छ भन्द अनि मैले के भन्ने त ?
शिक्षक : कठैबर त्यस्तो हुँदैन नि अहिले यो उमेरमा त्यस्तो कुरा गर्नु हुँदैन क्या ।
छात्रा : मैले सम्झाएर नसम्झने भईसक्यो क्या ।
शिक्षक : यो उमेरमा त्यस्तो कुरा गर्नुहुदैन भनेर सम्झाउनु पर्छ क्या ।
छात्रा : सम्झाउँदा मान्नु पर्यो नि ।
शिक्षक : अनि अहिले घरको मान्छे कता छन ?
छात्रा : घरको मान्छे बाहिर ।
शिक्षक : ल ल के भाको होला त्यो मान्छे खत्तमै रैछ । त्यस्तो मान्छे नि काम लाग्छ र काँही….?? त्यस्तो भयो भने त दुइटै बिचल्ली हुन्छ त्यसो भएपछि त अनि के गर्ने , आफ्नो खुट्टामा उभिएको छ त्यो ?
छात्रा : भरखर पढ्दै छनि ।
शिक्षक : अनि के भनेर हुन्छ ल भन्ने त नि त ?
छात्रा : त्यही भएर त तपाईलाई सोधेको नि त ।
शिक्षक : त्यसो नगर पटक्कै नगर नो भनिदेउ । भुराको कुरामा लागेर अहिल्यै त्यसो गर्यो भने त तिमिले जीवनभर दुख पाउनुपर्छ तिमिले जीवनमा कलपनै नगरेको मान्छे खोज्छु म बुझ्यो ?
छात्रा : अरु साथीहरु त्यसलाई एस भन्देउ भन्या भन्याई गर्छन त्यसलाई छोडिस भने खुःख पाउछेस भन्छन् ।
शिक्षक : हत… त्यस्तो कुरा गरेर नि हुन्छ ? भुराको तालमा लागेर अहिले त्यस्तो डिसिजन गर्यो भने त जीवनभरी रुनुपर्छ । अरु तिमिले केही कुरा सोच्नु पर्दैन राम्रोसंग पढ । अनि त्यसपछि करियर बनाउनुपर्छ क्या मान्छेले, प्लस टु गर डिप्लोमा पढदै गर गर्नुपर्ने हामी गरौँला । आज मसंर्ग उटा मान्छे थियो आजै कुरा गर्न खोज्या थियो । चितवनबाट खबर आको थियो ।
छात्रा : त्यो कुरा गर्ने मान्छे अहिले कति वर्षको ?
शिक्षक : ए…..त्यो मन्छे ट्वान्टि फाईभ हो ।
छात्रा : आमा…अनि मेरो उमेरमा त बुढो भईहाल्छ नि ?
शिक्षक : तिमि कति ?
छात्रा : म त भर्खर १६ वर्ष ।
शिक्षक : मिमी १६ भो अनि भनौन झण्डै ९ वर्षको फरक पर्यो । ट्वान्टि फाईभ होला भन्ठानेको ट्वान्टी फोर ट्वान्ट थ्रि पनि हुन सक्छ । मैले गेस गरेर हाइएस्ट भन्देको मात्र हो । मलाई ठ्यक्कै जन्म मिती थाहा छैन ।
छात्रा : त्यो त मेरो उमेरमा बुढो भइहाल्छ नि ?
शिक्षक : मिल्दैन मिल्दैन त्यो त मिल्दैन बढिमा चार वर्ष भन्दा बढि फरक पार्नु हुदैन कुरा बुझ्यौ ? त्यो सबै कुरा म्यानेज गरौँला पिर गर्नु पर्दैन । कुरा बुझ्यौ ?
छात्रा : बुझे ।
शिक्षक : कस्तो गर्ने के गर्ने के गर्दा तिम्रो जिवन सुख हुन्छ के गर्दा रुनु पर्दैन, के गर्दा मर्म बुझ्छ मान्छेले के गर्दा एउटा मान्छे खुसि हुन्छ सबै आईडियाहरु हामीसंग हुन्छ । त्यसले गर्दा अहिले हतारिएर कुनैपनि निर्णय नगर ।
छात्रा : हो नि ।
शिक्षक ः करियर बनाउने कुरा त मसंग भईहाल्छ । केही गर्न परेन । करियर बनाएपछि मान्छेत आईहाल्छ नि कुरा बुझ्यौँ त ? त्यसो भएर धेरै कुरा गर्नु छ तीन घण्टा जति बस्नेगरी आउ है ।
छात्रा ः हुन्छ ।
शिक्षक ः तीन घण्टा बस्नेगरी ठ्गाक्कै १० बजे फरेस्टी गेटमा आईपुग्ने गरी ल ?
छात्रा ः हुन्छ हवस् सकेसम्म त्यही गर्छु ।
शिक्षक ः हुन्छ त्यसो गरे ठिक हुन्छ एक डेढ बजे फर्कदा ठिक सजिलो हुन्छ । अरु के छ त ?
छात्रा ः अरु त त्यही मनिषको कुरा त हो नि ।
शिक्षक ः सुनन्..। ईन्ट्रेस्ट हुन्छ, त्यो ईन्ट्रेस्ट पुरा गर्ने म छाँदै छु हरेक कुरा मैले पुरा गरेपछि तिमिलाई पिरै भएन हो नि हैन भन त ?
छात्रा ः हो हो ।
शिक्षक ः ईन्ट्रेस्ट पुरा गर्न पनि पाईयो, मैले यत्रो जोखिम उठाएर सबै कुरा गर्छु भनेकै छु मैले यसो भन्दा भन्दै तिमीलाई के को पीर । लाईफ बनाई दिन्छु भनेकै छु पिर गर्नुपर्दैन ।
यसरी गरेका थिए यौन दुव्र्यबहार । यस्तो घट्ना हामी सबैलाई पर्न सक्छ त्यसैले सचेत हुने बेला आएको छ ।
साभार : मेरो अनलाइन खबर -  


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments