Hindi Films

परीक्षा हलमै कृष्णकुमारीले यस्तो छोरो जन्माइन्

Unknown | 03:15 | 0 comments



२०७१ चैत्र ६ शुक्रबार 
 
सुर्खेत : एसएलसी परीक्षाको दोस्रो दिन दैलेखमा एक छात्राले परीक्षा केन्द्रमै छोरो जन्माएकी छन् । जिल्लाको लक्ष्मी उच्च माध्यमिक विद्यालय सात्तला परीक्षा केन्द्रमा नेपाली विषयको परीक्षा दिँदै गरेकी छात्रा कृष्णाकुमारी शर्माले छोरो जन्माएकी हुन् ।

जनता माध्यामिक विद्यालय लयाटी विन्ध्यिासैनीबाट एसएलसी दिन उनी शुक्रबार सो केन्द्रमा गएकी थिइन् । परीक्षा हलमै कृष्णा सुत्केरी भएपछि उनलाई तत्काल स्थानीय स्वास्थ्य चौकीमा लगिएको थियो ।

परीक्षा केन्द्रमा राख्न नमिल्ने भएपछि उनलाई सात्तलामा रहेको स्वास्थ्य चौकीमै परीक्षा दिने ब्यवस्था मिलाईएको केन्द्राध्यक्ष उत्तम रिजालले बताए ।

स्वास्थ्य चौकीमा नै निरीक्षक र सुरक्षाकर्मीसहित परीक्षा दिने व्यवस्था गरिएका कारण सुत्केरी भएकी कृष्णाले नेपाली विषयको परीक्षा दिएको केन्द्राध्यक्ष रिजालले जानकारी दिए । उनको र बच्चाको अवस्था सामान्य रहेको छ ।

विगतको तुलानामा यसपटक जिल्लाभर रहेका ३० वटै परीक्षा केन्द्रमा शान्तिपूर्ण रुपमा सञ्चालन भइरहेको जिल्ला शिक्षा कार्यालयले दैलेखले जनाएको छ ।


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments