Hindi Films

विराटले खुलेरै भने: अनुष्काको प्रेमी हुनुमा गर्व लागेको छ

Unknown | 11:01 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२०७१ चैत मुम्बई । क्रिकेटर बिराट कोहलीले अनुष्का शर्माले निर्माण गरेको फिल्म ‘एनएच १०’ हेरेपछि अनुष्काको प्रस्तुति बेजोड रहेको टिप्पणी गरेका छन् । बिराटले ट्वीट गर्दै भनेका छन् ‘भर्खरै एनएन १० फिल्म हेरें खुसी लाग्यो । अनुष्काको प्रस्तुती बेजोड छ । माई लभ ।’ उनले फिल्म हेरेपनि अनुष्काको प्रेमी हुनुमा गर्व लागेको बताए । विराट केही दिनदेखि पत्रकारलाई गाली गरेको कारण बिवादमा आएका छन् । आफ्नो र अनुष्काको वारेमा समाचार लेखेको भन्दै पत्रकारलाई गाली गरेका विराटले तत्कालै पत्रकारसँग माफी मागेका थिए । केही दिन अघि रिलिज भएको अनुष्काको फिल्मले पहिलो सातामा १३.३० करोड कमाई गरेको थियो । रिलिजको पहिलो दिन ठिकै ब्यापार गरेको यस फिल्मले प्रदर्शनको दोस्रो र तेस्रो दिन निकै राम्रो ब्यापार गरेको छ । यस फिल्ममा सानो शहरका महिलाका दुख, प्रहरीको ब्यबहार र अन्य ठाउँवाट स्थानान्तरण भएर आएकाहरुको समस्या प्रस्तुत गरिएको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments