दुखद: खबर ,ओभरटेक गर्दा चार कोरियनको ज्यान गयो
|
फोटो :दुर्घटनापछि क्षतिग्रस्त माइक्रो बस । तस्बिर सौजन्य : जिल्ला प्रहरी कार्यालय धादिङ
तीब्र गतिको माइक्रो बससँग जुध्यो
धादिङ : पृथ्वीराजमार्ग अन्तरगत धादिङको जोगीमारा गाविसको कृष्णभीर नजिकै यात्रु बस र माइक्रोबस जुध्दा चारजना कोरियन नागरिकको ज्यान गएको छ ।चिप्लोबाटोमा तीब्र गतिको माइक्रोले बसलाई ओभरटेक गर्न खोज्दा माइक्रोमा सवार चार कोरियन नागरिक र माइक्रोका ड्राईभरको ज्यान गएको हो ।
काठमाडौंबाट कपिलबस्तु जाँदै गरेको लु १ ख ९५९३ नम्बरको यात्रु बस र पोखरबाट काठमाडौं आउँदै गरेको बा १ प १०२८ नम्बरको माइक्रो बस सोमबार बिहान जोगिमारा–९ कृष्णभीर नजिकै जुधेका हुन् ।
काठमाडौंबाट कपिलबस्तु जाँदै गरेको लु १ ख ९५९३ नम्बरको यात्रु बस र पोखरबाट काठमाडौं आउँदै गरेको बा १ प १०२८ नम्बरको माइक्रो बस सोमबार बिहान जोगिमारा–९ कृष्णभीर नजिकै जुधेका हुन् ।
ज्यान गुमाउने र घाइते हुने सबै माइक्रोका यात्रु हुन । दुर्घटनामा मृत्यु हुनेहरुमा चारजना कोरियन नागरिकहरु र एक माइक्रो ड्राईभर रहेका छन् । ज्यान गुमाउनेहरुमा कोरियन नागरिकहरु चाङ बोक ही, नो योङ डुक, छो योङ जा र लि सङ योङ रहेका छन् ।
लि सङ योङको उपचारको लागि काठमाडौं पुर्याएपछि मृत्यु भएको हो भने काठटमाडौं गोलढुङगााका माइक्रो चालक रोशन भुसालको घटनास्थलमै मृत्यु भएको हो । पानी परेर चिप्लो बाटोमा ओभरटेक गर्न खोज्दा दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

माइक्रोसँग जुधेर क्षतिग्रस्त बस
‘घटनास्थलको प्रकृति हेर्दा पोखराबाट काठमाडौं आइरहेको तीब्र गतिको माइक्रोबसले ओभरटेक गर्न खोज्दा दुर्घटना भएको देखिन्छ’, जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख डिएस्पी प्रकाश मल्लले भने, ‘तीब्र गतिको माइक्रो विपरित दिशाबाट आएको गाडीमा ठोक्किएको देखिन्छ ।’
घटनापछि बसका चालक र सहचालकलाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ । घाइतेमध्ये एक विदेशीसहित छ जनाको अवस्था चिन्ताजनक रहेको छ । उनीहरुलाई स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडाैं पठाइएको छ । अन्य नौ जना घाइतेहरुको गजुरी अस्पतालमा उपचार भइरहेको छ ।

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
|
Category: News
0 comments