Hindi Films

कसले गर्दै छ प्रचण्ड हत्याको योजना त्यसोभए ?

Unknown | 05:20 | 0 comments

March 31, 2015 
  •  
 मिडिया एनपी, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो हत्याको प्रयास आफ्नै पार्टीका पोलिट्ब्युरो सदस्य प्रभु साहले नगरेको बताएका छन् ।
समसामयिक विषयमा छलफल गर्न मंगबलार काठमाडौंमा उपलब्ध सभासद र केन्द्रीय सदस्यहरुलाई केन्द्रीय कार्यालयमा बोलाएको बैठकमा प्रचण्डले साहमाथि हत्या प्रयासको झुटो आरोप लगाईएको भन्दै यस्तो गैरजिम्मेवार र निराधार आरोप लगाउनेमाथि छानविन गर्ने निर्णय सुनाएका छन् ।
साहले पार्टी अध्यक्ष प्रचण्डको हत्याको गर्ने योजना बनाएको भनी रौतहटका केही नेता तथा कार्यकर्ताले लगाएको आरोपमाथि भएको छलफलका क्रममा प्रचण्डले साहको बचाउ गरेका हुन् । यदपी उनले आफ्नो हत्या प्रयास कसले गरेको भनी बैठकमा केही स्पष्ट पारेनन् । केही सयम अघि आफू सुरक्षित रहेको बताएका प्रचण्डले आफ्नो हत्याको प्रयास कसले गरेको या के कारणले असुरक्षित महसुस गरेको हो ? यस बारे केही खुलाएनन् ।
यसैबीच मंगलबार भएको छलफलका क्रममा विपक्षी ३० दलीय मोर्चाका संयोजक समेत रहेका प्रचण्डले सामान्य विरोध प्रदर्शन गरेका भरमा सत्तारुढ काँग्रेस र एमालेलाई धक्का दिन नसकिने बताए । सत्तारुढ दलले दुई तिहाइको आडमा पेलेर जाने रणनीति लिएको भन्दै उनले दुई दललाई अब गतिलो जवाफ दिन आवश्यक रहेकाले सबै नेता र कार्यकर्ताहरुले आन्दोलनलाई सशक्त बनाउन निर्देशन दिए ।
३० दलीय मोर्चाले यही चैत २३ गतेसम्मका लागि पूर्वनिर्धारित आन्दोलनका कार्यक्रम फिर्ता लिए पनि चैत २४ देखि २६ गतेसम्मको आमहड्ताल भने यथावत राखेको छ ।
छलफलपछि पार्टीका नेता डा. बाबुराम भट्टराईले सत्तारुढ दलहरुले एकपक्षीय रुपमा संविधानसभाको बैठक बोलाउन लगाएर वार्ताको ढोका बन्द गरेकाले तत्काल पार्टीका सामु आन्दोलन चर्काउनुको विकल्प नभएकोबारेमा छलफल भएको जानकारी दिए ।

Category:

0 comments