Hindi Films

विमान खसाल्ने सहचालकले पुर्व प्रेमिकासंगको वार्तामा यसो भनेका रहेछन्

Unknown | 05:35 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
एजेन्सी २०७१ चैत्र १४ शनिबार
फोटो :जर्मन विङ्स जहाज दुर्घटनामा गराउने को-पाइलट लुबित्स । तस्‍बिर : एजेन्सी जर्मनी : गत मङ्गलबार दुर्घटनाग्रस्त जर्मनी विमान जर्मनविङ्सका सहचालकले गतवर्षमात्र आफ्नी पूर्वप्रेमिकासँगको वार्ताका क्रममा आफुले गरेको एउटा त्यस्तै चर्चाको काममार्फत आफूलाई संसारले चिन्ने बताएको नयाँ खबर बाहिर आएको छ । सो कुराको रहस्य ती युवतीले शुक्रबार खोलेकी हुन् । आफूसँगको कुराकानीका क्रममा ती सहचालकले सो कुरा बताएको उनले सार्वजनिक गरेकी हुन् । सो विमानको दुर्घटनासम्बन्धी अनुसन्धान टोलीलाई उनले सो जानकारी दिएकी हुन् । कुराकानीका क्रममा उनले आफुले संसारकै नागरिकले आफुलाई चिन्ने कामगर्ने बताएका उनले जानकारी दिएकी हुन् । 'जब उक्त विमान दुर्घटनाग्रस्त बन्यो त्यस समयमा मैले उनले आफुसँग गरेको कुराकानीका बारेमा सम्झिएँ' उनले जर्मनीको एक पत्रिकासँग भनेकी छिन्, 'विमान दुर्घटना भएको समाचारपछि मैले सम्झिएँ कि उसले भनेको थियो, 'मैले एउटा यस्तो काम गर्न गइरहेको छु त्यो कामले मेरो नाम संसारभरि पुर्याउने छ । ती सहचालक एन्ड्रिज लुब्टिज मानसिक विमारी भएको तथ्य हालै खुलेको थियो । उनले डिप्रेसनको औषधि खाइराखेको र सोसम्बन्धी रोगको जानकारी उक्त विमान सेवा कम्पनीलाई नगराएको रहस्य बाहिर आएको हो । जर्मनी अधिकारीहरुले जर्मनविङ्स विमानका सहचालक मानसिक बिरामी भएको तथ्य बिहीबार मात्र बाहिर ल्याएका थिए । उनीहरुले त्यस विषयमा थप अनुसन्धान जारी रहेको बताएका छन् । उनको घरमा गरिएको उनको चिकित्सकीय प्रमाणपत्र, उनका परिवासँग गरिएको वार्तालापसहितको अनुसन्धानपछि सो तथ्य पत्ता लागेको त्यहाँका समाचारमाध्यमहरुले जनाएका छन् । पाइलटले दुर्घटना गराएको जर्मन विङ्सको एयरबस पाइलटले दुर्घटना गराएको जर्मन विङ्सको एयरबस त्यसैले उनको लापरबाहीले नै सो विमान दुर्घटना भएको समाचार अब पुष्टि भएको बताइएको छ । जर्मनविङ्सको विमान स्पेनको बार्सिलोनाबाट जर्मन जाँदै गरेको अवस्थामा फ्रान्सको एक पहाडमा ठोक्किएर दुर्घटनाग्रस्त बनेको थियो । उक्त पहाडमा सो विमान ठोक्किनुपर्ने त्यस्तो कुनैपनि कारण नरहेको भन्दै विमान दुर्घटनाका बारेमा अनुसन्धान भएको थियो । विमानको ब्ल्याक बक्स भेटिएपछि पाइएका केही तथ्यमा पनि विमानका ती सहचालकले उक्त दुर्घटना गराएको भनी केही आधारभूत तथ्यहरु बाहिर आएका थिए । एजेन्सी
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments