जापान जान मारी हत्ते गर्नेका लागि सन्देश '' जापान भित्र स्वाभिमानी शिरहरु पनि निहुरिएका रहेछन्''
|
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
29 March 07:26
यो जापान मानिसहरु सोच्ने गर्दछन्, जापान सपना फूलाउने सुन्दर उद्यान हो, तर यो जापान सपनाको चाँङ्ग मात्रै रहेछ । जापान प्रवेश पछि बाध्यताले सपना भूलाउनेहरु धेरै रहेछन् यहाँ । चयनले रात विताउनेहरु र आनन्दले दिन कटाउनेहरु यहाँ कमै मात्र भेटिने रहेछ । अहिले त यस्तो लाग्न थाल्यो, जापान सपना फूलाउने सुन्दर उद्यान त हुँदै होइन यो त उराठ लाग्दो मरुभूमि हो जहाँ एक थोपा पानीको लागि सितल रात या वर्षात नै कुर्नु पर्छ । हुन त आफ्नो कल्पनाको महललाई वास्तविकतामै ठड्याउने रहर कस्को नहोला र ? त्यी सबै पुरा भैदिए ?…… सपनालाई विपनामा पुरा गर्ने सवैको रहर हुन्छ तर कमैको मात्र यस्ता रहर पुरा हुने गर्छन् ।
भनिन्छ, मान्छेको सम्झनाहरुले मानिसलाई विगतमा पुर्याउँछ र सपनाले भविष्यलाई डोहोर्याउँछ । त्यस्तै त्यही रहरले नै मान्छेले आफूलाई कुनै गन्तव्यतर्फ डोहोर्याउँछ । रहरै रहरमा विभिन्न सपना कल्पिदै नेपालीहरु विदेश भासिन्छन् तर क्षणिक रुपमा सपना पुरा गर्ने अन्तिम विकल्प र गन्तव्य विदेश नै देखिए पनि यो नै अन्तिम सत्य होइन । फेरी नेपालको माया ममता, नेपालीपन र नेपाली मन त यहाँ फेसबुकको भित्तामा मात्रै झुण्डिने रहेछ, वास्तविक मन त……. कता हो कता ? यहाँ त विदेशको दुःख, मनको सकस, प्रियसीको याद र परिवारको दुःख पोख्ने माध्यम राष्ट्रियता बन्दो रहेछ । यस्तो लाग्यो नेपालीपन भनेको कामबाट मिलेको थोरै फुर्सद हो, घरको याद, प्रियसीको याद र साहुको ऋण हो वास्तव मै जापान केहीको लागि सुदुर सपना, केहीको लागि धन रहेछ भने धेरैको लागि दुःख, पीडा, संघर्ष साथै मृत्युसंग पनि जोडिएको रहेछ । जापानमा पैसाको रुख भएको सपना देखेर जापान छिर्नेहरुका लागि जापानमा जीवन रहेनछ, जापान भित्र स्वाभिमानी शिरहरु पनि निहुरिएका रहेछन्, वास्तवमा जापान प्रवेशपछि मानिस येनकै धन्दामा ब्यस्त बन्दो रहेछ, देखेका कति सपना त कुहिने र डस्टविनमा मिल्कने रहेछन् ।
साभार जगत गिरी जापान
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
|
Category: News
0 comments