यसरी गाउँलेले प्रहरी टोलीलाई बोलाएरै कुटेपछि .....
|
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२०७१ चैत्र १५ आईतवार
धनगढी : घरेलु मदिरा (रक्सी) पक्रेको बदलामा, कैलालीको घुईयाघाटको रानागाउँका स्थानीयवासिले, प्रहरीको टोलीलाई बोलाएर, मरणासन्न हुने गरी कुटपिट गरेको छ ।
धनगढी नगरपालीका वडा नंं १० मा पर्ने घुईयाघाटमा शनिबार राती प्रहरी माथि साँघातिक आक्रमण भएको हो । इटाभट्टामा झगडा भईरहेको छ भनेर प्रहरीलाई बोलाईएको र त्यहाँ पुगेका चारजना माथि ईटा लाठीले प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी विश्वराज खड्काले जानकारी दिए ।
झण्डै ५० जनाको समुहमा आएका स्थानीयवासिको समुहले, चारै जनामाथि साँघातीक आक्रमण गरेपछि दुई जना प्रहरी भाग्न सफल भएका छन भने प्रहरी हवल्दार द्वय गणेशराज जोशी र थानेश्वर पन्त गम्भिर घाईते भएका छन । घाइते दुबैजनाको प्रहरीले नै राती उद्धार गरेर अस्पताल पुगाएको थियो ।
घाइेतेको सेती अञ्चल अस्पतालमा उपचार भईरहेको छ । घाईते दुबै जनाको शरिरमा निलडाम भएका छन भने टाउकोमा पनि ईटा प्रहार गरिएकाले टाँका लागेका छन । घाईते प्रहरीको अवस्थामा सुधार भईरहेको प्रहरीले जनाएको छ ।
प्रहरीमाथि साँघातिक आक्रमण गरेपछि तीन जना प्रहरी निरिक्षकहरुको कमाण्डमा परिचालित भएको प्रहरीको टोलीले शनिबार राती झेली राना सहित १२ जनालाइ राती नै पक्राउ गरेको छ ।
झेली रानाको घरमा एक हप्ता अघि प्रहरी हवल्दारका जोशीको टोलीले १२/१५ लिटर घरेलु मदिरा पोखि दिएको प्रहरीले जनाएको छ ।
‘एक हप्ता अघि घरेलु मदिरा पोखिएकाले, बदला लिन बोलाएर सुनियोजित रुपमा प्रहरीमाथि आक्रमण गरिएको छ’ प्रहरी प्रवक्ता डिएसपी खड्काले भने । ‘१२ जनाको आज बयान हुनेछ ।’
प्रहरी हवल्दार दुबैको पोशाक पनि च्यातचुत पारिएको छ । आक्रमण गर्नेमाथि ज्यान मार्ने उद्योगमा मुद्धा चलाउने प्रहरीले जनाएको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
|
Category: News
0 comments