क्यान्सरको उपचारमा नेपाली विद्यार्थीको अभुतपूर्व सफलता
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
अस्ट्रेलियाको मेलबर्नस्थित मोनाश विश्वविद्यालयमा विद्यावारिधि गरिरहेकी नेपाली विद्यार्थी सेवा रिजालले आफ्ना सुपरभाइजरसँग मिलेर ल्युकेमियाका बिरामीहरूमा पाइने जिन पत्ता लगाएका छिन्। यसले क्यान्सरको उपचारमा महत्त्वपूर्ण योगदान गर्नेछ।
अस्ट्रेलियाली ब्रोडकासटिङ कर्पोरेसनले जनाए अनुसार उक्त अनुसन्धानले अक्युट मेलोइड ल्युकेमिया क्यान्सरका बिमारीहरूको उपचार पद्धतिको तरिकालाई परिवर्तन गर्न सक्नेछ। अल्फ्रेड अस्पतालका सुपरभाइजर एनड्रु वेईसँग मिलेर रिजालले ‘प्रोटिन आइएनपिपी फोरबी’ नामक प्रोटिन ल्युकेमियाका बिमारीहरूमा पत्ता लगाएकी हुन्।
उक्त समाचार संस्थाले रिजालको अन्तर्वार्ता प्रकशित गरेको छ। ‘हामी अहिले ल्युकेमिक सेलहरूले कसरी प्रतिरोध गर्छ भन्नेबारे अनुसन्धान गर्दैछौं। यदि हामीले यसको कारण पत्ता लगाउन सक्यौं भने हामी उक्त प्रोटिनलाई लक्षित गर्ने र अक्युट मेलोइड ल्युकेमियाको सशक्त ढंगले उपचार गर्न सक्छौं,’ उनले अन्तर्वार्तामा भनेकी छिन्।
अनुसन्धानले पत्ता लगाएको उक्त प्रोटिन भएका क्यान्सरका बिरामीहरूमा केमियोथेरापीले कुनै काम गर्न सक्दैन। यसकारण केमियोथेरापी यस प्रकारका बिमारीहरूलाई लागि अझ घातक हुने गर्छ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News



0 comments