Hindi Films

आलोचनाले हाम्रो प्रेम सम्बन्ध टुट्दैन : अनुष्का

Unknown | 15:08 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
एजेन्सी मुम्बई, चैत जारी विश्वकपको सेमिफाइनलबाट भारत बाहिरिएपछि बलिउड अभिनेत्री अनुष्का शर्माको पनि धेरै आलोचना भयो। उनका प्रेमी विराट कोहली एक रनमै आउट भएपछि धेरैले उनीहरुको सम्बन्धको मजाक पनि उडाए। तर, शर्माले अरुको आलोचना र मजाकले आफूहरुको सम्बन्धमा कुनै फरक नपर्ने बताएकी छन्। फिल्मफेयर पत्रिकाका अनुसार अनुष्काले एक भारतीय प्रशंसकको हैसियतमा क्रिकेट हेर्न जाँदा अनावश्यक चर्चा भएको उनको गुनासो छ। उनले विराटले राम्रो खेलेपनि आफ्नो नाम आउने र नराम्रो खेलेपनि आरोप लाग्ने भएकाले विराटले जे गरेपनि आफू जोडिने बताएकी छन्। जसले जेसुकै भनेपनि दुवैजना आफ्नो काममा लागिरहेकाले आलोचनाले प्रेम सम्बन्धमा कुनै फरक नपार्ने पनि बताइन्।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category: ,

0 comments