Hindi Films

गीतका चर्चित गीतकारले ९ बर्षकी बालिका बलात्कार गरेपछि गाउँ भरि बबाल(भिडियो)

Unknown | 02:51 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
यो गीतका चर्चित गीतकारले ९ बर्षकी बालिका बलात्कार गरेपछि गाउँ भरि बबाल रिलिजको तयारीमा रहेको छवि ओझाको फिल्म हवल्दार सुन्तलीको गीत ‘तिमी १९ इयरकी व्युटी..म ह्यान्डसम २१ को' गीतका गीतकार दिनेश सुवेदीलाई ९ बर्षकी बालिका बलात्कार गरेको अभियोग लागेको छ।
शिक्षक पेसामा पनि आवद्ध सुवेदीलाई मकवानपुरको दामन पालुङमा रहेको सेती गणेश माध्यमिक विद्यालयको कक्षा ४ मा पढ्ने विद्यार्थी बलात्कार गरेको भन्दै गाउँलेले कालोमोसो दलेर यातना दिएका थिए। बलात्कारका घटना बढेको भन्दै फाँसीको सजायको माग गर्दै देशभर प्रदर्शन भइरहेका बेला सुवेदीले अध्यापन गराउने उक्त विद्यालयकी एक छात्रालाई बलात्कार गरेको भन्दै गाउँलेले यातना दिएका थिए। सुवेदीलाई आक्रमण गर्दा प्रहरीले रोक्ने प्रयास गरेका थिए। तर, आक्रोशित गाउँलेका अगाडी प्रहरीको पनि केही सीप नलागेको प्रत्यक्षदर्शीले बताए। यसैबीचमा आक्रोशित भीडलाई नियन्त्रण गर्न प्रहरीले हवाइ फायर समेत गर्नुपरेको मकवानपुर प्रहरीले जनाएको छ। बलात्कारको आरोप लागेका दिनेशले ती बालिकालाई दुई दिन देखि कसैलाई केही नभन्नू भन्दै फकाएको पीडित बालिकाले बताएकी छन्। तर बालिकाको परिवारले घटना थाहा पाएपछि बुधबार साँझ सवै कुरा सार्वजनिक भएको थियो। बलात्कारको अभियोग लागेका सुवेदीले स्थापित हुँदै गरेका नयाँ संगीतकार टंक बुढाथोेकीका संगीत रहने गीतमा शब्द कोरेका थिए। उनी गीतकार रहेको करन क्रेजीको जन्जिर फिल्मको आईटम गीत, ‘एउटा साथीको भटभट', रेखा थापाको हिम्मतवालीको ‘मलाई पागल बनाउँने' र अहिले हवल्दार सुन्तलीको गीत लेखेका थिए। यस्तो छ उनले लेखेको चर्चित पछिल्लो गीत
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments