क्रिकेटको विश्व कप बिजेता संग भिड्ने भो नेपाल नेपालि मैदानमा यसरी ,
|
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
काठमाडौं / अस्ट्रेलियाले भर्खरै विश्वकप उपाधी जितेको छ । संयोगवस्, विश्वकपको उपाधी जित्नुअघि नै अस्ट्रेलियाको क्रिकेट बोर्डले नेपालमा आगामी चैत २८ गते फिलिप ह्यूजको सम्मानमा मैत्रिपूर्ण क्रिकेट खेल्ने सहमति जनाएको थियो । अस्ट्रेलिया क्रिकेट बोर्डका अध्यक्ष एवंम् पूर्व टेस्ट क्रिकेटर वाली इडवार्डस् नेपाल आउने पक्का भइसकेको छ । उनीसँगै अस्ट्रेलियाको न्यू साउथवेल्सबाट खेल्ने युवा ब्याटस्म्यान रायन कार्टर्स नेपाल आउन राजी छन् । तर नेपाली समर्थकहरु कार्टर्स वा अस्ट्रेलिया क्रिकेट बोर्डका अध्यक्ष वाली इडवार्डस् मात्रै नभएर विश्वकपको फाइनल खेल्ने कुनै एक खेलाडीलाई त्रिभूवन विश्वविद्यालयस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा देख्न चाहन्छन् । के नेपाली समर्थकहरुको चाहना अनुसार विश्व विजेता टोलीका कुनै एक सदस्यले नेपाल विरुद्ध बलिङ वा ब्याटिङ गरेको हेर्न पाइएला ?
कार्टर्स, वार्नर र क्लार्क नेपालप्रेमी
केही समयअघि अस्ट्रेलियन कप्तान माइकल क्लार्कले नेपालको तारिफ गर्दै सुन्दर देशमा शिक्षाको उज्यालो किरण छर्ने अभियानमा सहयोग गर्न अस्ट्रेलियन जनतालाई अपिल गरेका थिए । नेपालमा अस्ट्रेलियाका अनगिन्ती फ्यान छन् । तर वार्नर र माइकल क्लार्कले विश्वकपमा अस्ट्रेलियाका लागि वर्षाएको छक्काको तुलनामा उनीहरुले अस्ट्रेलियाको विग वास शृंखलामा वर्षाउने छक्काको महत्व अझै बढी छ, नेपालका गरिब बालबालिकाका लागि ।
विग वासमा क्लार्क, डेभिड वार्नर र माइकल हुसे लगायतका छ खेलाडीले गत वर्ष प्रत्येक छक्का वर्षाएबापत दर्शकबाट संकलित रकम नेपालका बालबालिकाहरुको शिक्षामा खर्च गरेका थिए । रायन कार्टर्सले यो योजनामार्फत नेपालमा अस्ट्रेलियन क्रिकेटका फ्यानहरुले काठमाडौंको बाफलमा सञ्चालन गरेको हर्टल्याण्ड स्कुललाई सहयोग गर्ने आईडिया फुराएका थिए । कार्टर्सको प्रतिक्रिया थियो, ‘हामीले वर्षाउने छक्काको प्रभाव समाज विकासमा पर्नसक्छ, यदी हामीले उज्यालो भविष्यका लागि गरिब बालबालिकाको शिक्षामा लगानी ग¥यौँ भने ।’
काठमाडौँको बाफलस्थित हर्टल्याण्ड स्कुलले असहाय बालबालिकाहरुलाई शिक्षा प्रदान गर्दै आएको छ । गत वर्ष संकलित रकमबाट स्कुलमा तीनवटा कक्षाकोठा थपिएको थियो । आवश्यक कक्षाकोठाको प्रबन्ध मिलाउनका लागि अस्ट्रेलियन क्रिकेटरहरु थप सहयोग जुटाउन च्यारिटीमा सक्रिय रहे । सक्रिय रहनेमा उनै माइकल क्लार्क, माइकल हुसे र डेभिड वार्नरको नाम अगाडी रह्यो । जारी विश्वकपमा माइकल क्लार्क र डेभिड वार्नरले अस्ट्रेलियालाई उपाधी जिताउन महत्वपूर्ण भूमिका खेले ।
ह्यूजको निधनले जोडेको नयाँ सम्बन्ध
गत सिजन साउथ अस्ट्रेलियाका स्टार ब्याटस्म्यान फिलिप ह्यूज न्यु साउथवेल्स विरुद्धको खेलकै दौरान (न्यु साउथवेल्सकै मैदानमा ) बलले लागेर घाइते भए र उपचारका क्रममा उनको मृत्यु भयो । अस्ट्रेलियाका उदयिमान ब्याटस्म्यानको निधनले सारा विश्व शोकाकुल भएको थियो । शोकबाट शक्ती धारण गर्न अस्ट्रेलियाका कप्तान माइकल क्लार्कलाई लामो समय लाग्यो । उनी विश्वकपको उपाधी जितेपछि भन्दै थिए–‘यो उपाधी मेरो भाई ह्यूजलाई ।’ खासमा क्लार्कले ह्यूजसँग मैदानबाहिर पनि राम्रो सम्बन्ध थियो ।
उनी ह्यूजलाई भाई नै मान्थ्ये । क्लार्कका पूर्व सहकर्मी ह्यूजको संझनामा नेपालले आगामी चैत २८ गते मैत्रिपूर्ण खेल आयोजना गर्दैछ । मैत्रिपूर्ण खेलबाट संकलित टिकट तथा प्रायोजक रकम ह्यूजको ब्याट र बललाई सगरमाथाको शिखरमा लैजान खर्च गरिने नेपाल क्रिकेट संघले जनाएको छ । न्यू साउथवेल्स विरुद्ध ६३ रनमा अविजित रहेकै अवस्थामा मृत्युको मुखमा पुगेका ह्यूजको सम्मानार्थ हुने खेल ३१ ओभर ३ बलको हुनेछ । दुबै इनिङग्स जोडेर कुल ६३ ओभरको खेल गराउने लक्ष्य नेपाल क्रिकेट संघले राखेको हो । ह्यूजसँग नेपाली खेलाडीहरुले सन् २००८ मै अण्डर नाईन्टिन विश्वकपमा प्रतिस्पर्धा गरेका थिए । अस्ट्रेलियासँग नेपाल पराजित भएको उक्त खेलमा राहुल विश्वकर्माको बलमा विकेटकिपर महेश क्षेत्रिले पेभेलियन फर्काउनुअघि ह्यूजले ४६ रन बटुलेका थिए ।
अहिल्यै भन्न सकिन्न– घिमिरे
नेपाल क्रिकेट संघकी प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेले अस्ट्रेलियाबाट कोको खेलाडी आउँदैछन् भन्ने सम्बन्धमा तत्काल कुनै जानकारी नभएको बताइन् । उनले रायन कार्टर्स बाहेक अन्य खेलाडीको टुंगो नलागेको बताइन् । कार्टर्सले यसै मेइ महिनामै नेपाल आउने घोषणा गरेका थिए । तर च्यारिटी क्रिकेटको प्रस्ताव नेपालबाट गएपछि उनले च्यारिटी क्रिकेट खेल्ने र हर्टल्याण्ड स्कूल घुम्ने कार्यक्रमसहित नेपाल भ्रमण तय गरेका छन् । सिईओ भावना घिमिरेले अस्ट्रेलियन बोर्डसँग कम्तिमा पनि एक वा दुईजना राष्ट्रिय क्रिकेटर पठाईदिनका लागि आग्रह गरेपनि अहिल्यै केही भन्न नसकिने बताइन् ।
‘अस्ट्रेलियन क्रिकेटरहरुको म्याच फि तथा उनीहरुको स्तरका कारण हामीले केही डिमाण्ड गरेका छैनौँ । हामीले केवल स्वर्गीय ह्यूजको सम्मानमा खेल आयोजना गर्न लागेका हौँ । तर कम्तिमा पनि एक वा दुईजना राष्ट्रिय खेलाडी पठाईदिए त्यसले नेपालमा क्रिकेटको क्रेज थप बढाउन मद्धत पुग्थ्यो ।’– घिमिरेले भनिन् । अस्ट्रेलियाको विश्वकप सफलताबारे प्रश्न राख्दा घिमिरेको उत्तर छ, ‘संयोग नै भयो । तर राम्रो भयो । हाम्रो क्रिकेटलाई विश्व समूदायमा देखाउने अवसर हो , २८ चैतमा हुने म्याच । किनकी हामी विश्व च्याम्पियन देशको टोलीसँग भिड्दैछौँ ।’
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
|
Category: News
0 comments