Hindi Films

बेलायतको म्युजियममा कट्रिना कैफको मुर्ति

Unknown | 08:30 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२०७१ चैत मुम्बई । बेलायतको प्रसिद्ध म्युजियम ‘म्याडम तुसाद’ पुग्नेहरुले अबदेखि डान्सिङ पोजमा मुस्कुराईरहेकी कट्रिना कैफको अनुहार हेर्न पाउने भएका छन् । यो म्युजियममा बलिउडका कलाकारको मुर्ति राख्न सुरु गरेको १५ वर्ष पुरा भएको उपलक्ष्यमा कट्रिनाको मुर्ति राखिएको हो । कट्रिनाको मैन मुर्ति बनाउन २० जना कलाकारले चार महिना लगाएका थिए । यसको निर्माणमा एक लाख ५० हजार पाउण्ड खर्च भएको छ । यो म्युजियममा बलिउड कलाकारले प्रवेश पाएको सन २००० पछि मात्रै हो । विश्वकै प्रसिद्ध मानिने यो म्युजियममा हलिउडका थुप्रै कलाकारको मुर्ति पहिल्यैदेखि राखिए पनि एसीयाली कलाकारले भने मौका पाएका थिएनन् । म्युजियममा घुम्न जाने पर्यटकले भारतीय कलाकारको माग गरेपछि म्युजियमले भारतीय कलाकारको मुर्ति राख्न सुरु भएको हो । सबै भन्दा पहिले यो म्युजियममा प्रवेश पाउने कलाकार हुन् अभिताभ बच्चन । सन २००० मा अभिताभ बच्चनको मुर्तिले म्युजियममा प्रवेश पाएपछि क्रमश अन्य कलाकारले समेत स्थान पाएका थिए । त्यसपछि सन २००७ मा शाहरुख खान, सलमान खान, ऋतिक रोशनको मुर्तिले स्थान पाएको थियो । ऐश्वर्या राय माधुरी दीक्षित, करिना कपुरको पनि मुर्ति बनिसकेको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category: ,

0 comments