Hindi Films

कस्तो क्षेत्रमा लागिएछ भनेर पीडा हुन्छ : गीतकार बगर

Unknown | 03:30 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
बिहिबार, चैत्र गीतकार राजकुमार बगर आफूले संगीत भरेको गीतबाट उत्कृष्ठ कालिका म्यूजिक अवार्ड थाप्न स्टेज उक्लका आखाँ टिलपिल पार्दै उक्लिए । जिन्दगीमा खुशीले पनि मान्छे निदाउन सक्दैन भन्ने
उनले २०५५ सालमा उत्कृष्ठ गीतकारको उपाधि उचाल्दानै महशुस गरिसकेका थिए । उनले खुशीले मान्छेलाई बगाउने पनि रहेछ भनेर त्यो क्षण उनले महशुस गरे । तनहुँबाट गीत लेखेरै जीवन धान्छु भनेर राजधानी छिरेका बगरलाई त्यसबेला चलेका एकजना संगीतकारले ठुलो प्रोजेक्टको सपना देखाए । उनले १५ दिनमा ७ वटा गीत तयार पारेर दिए पनि । संगीतकारले भने अनुसार प्रोजेक्टको काम सुरु भउपनि झण्डै पाँच बर्ष कुर्दा पनि बगरका गीतले संगीत पाएनन् । फलस्वरुप केही लोक गीतमा संगीत गरेका बगर गीतकारबाट संगीतकार बने । कालिका म्यूजिक अवार्डमा उनी संगीतकारका रुपमा नोमिनेसनमा पर्दा उनलाई सपना देखाएर उनका सिर्जना लत्याउने संगीतकार पनि नोमिनेसनमा थिए । तिनै संगीतकारलाई उछिनेर आफू सर्वोकृष्ठ संगीतकार बन्दा त्यही खुशी उनका आँखाबाट थामिएनन् । उनले संगीतकारको नाम भने भन्न चाहेनन् । आज पनि नेपाली कला क्षेत्रमा संगीतकारहरुले गीतकारलाई हेर्ने दृष्टिकोणले पनि हो । बगर गीतकारबाट संगीतकार बनेका । हुन त उनलाई धेरै गीतकारहरुले गीतलाई राम्रो बनाउन संगीतकारहरुसँग सम्झौता गरेकाले पनि संगीतकारको दृष्टी फरक भएको होकी भन्ने लाग्छ । तर, एउटा गीत राम्रो बन्न शब्द रचना पनि राम्रो हुनु पर्छ भन्ने सोचाईको विकास नभएकोप्रति चाहीँ उनको दुखेको छ । उनले पहिलो संगीत गरेको गीत ‘तिम्लाई आफ्नो भन्ने मेरो अधिकार गुमेपनि’ स्रोताले मन पराईदिएपछि उनमा संगीतप्रति झन आत्मविश्वास बढेर गएको हो । सुरुमा त उनी गायक बन्ने सपना बोकेर राजधानी छिरेका थिए । केही लोक गीत गाए पनि । तर, उनी गायक भन्दा गीतकारकै रुपमा स्थापित भए । ‘उडेर जुन छुन्छु भन्थे तर आज पिँजडाको चरी भाछ जीवन’ गायक बन्ने सपना बोकेका बगरलाई गीतकारका रुपमा स्थापित गर्न यो गीतले निकै ठूलो भूमिका खेलेको छ । सबैले चाहेको कुरा पाउँदैन,जीवनका दुखहरुसंग नजिक रहेका बगरले पनि चाहेका धेरै कुरा गुमाएपछि लेखेको यो गीत उनको शक्तिशाली रचना साबित भयो । यहि गीतले बगरलाई २०५५ सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रिय आधुनिक गीत सम्मेलनमा उत्कृष्ठ गीतकार बनाएको । एउटी आमालाई सन्तान कतिबेला र कस्तो जन्मन्छ भन्ने कुराको ठेगान नभएझै उनको पनि साहित्य लेखनको कुनै पूर्व योजना र तयारी हुदैन, जतिबेला जहाँ जुन परिस्थितीले छुन्छ त्यतीबेला त्यही लेख्ने बगरले ६० को वरिपरिमा लगभग एक दर्जन जति लोकगीतमा आवाज दिएता पनि आफ्नो गला शब्दजति बिक्न नसकेको बताउँछन् । रेडियो नेपालबाट स्वर परिक्षा पास गररे गीत गाँउन थालेका उनले सुरुमा बिबि अनुरागीसंग मिलेर ‘सुनको सितारा’ बोलको गीत गाए । त्यसपछि उनले ‘डाँडाँपारी बन कर्मैले ढाट्यो’ बोलको गीत गाएर श्रोताको माया बटुलेका ता पनि आफुले भन्दा त्यही गीत प्रोफेस्नल गायकले गाँउदा जीवन्त बनेको अनुभव गरे । परिणामस्वरुप आफले गायनको मोह त्यागेको बताउदै भने ‘दौडने जति सबै धावक हुन सक्दैनन,त्यस्तै गीत गाउने सबै सफल गायक बन्न सक्दैन म पनि गायक त भए तर सफल भैन कारण म आफुलाई गायक भन्न रुचादिन,यद्यपि मैले सुरुमा गीत गायरनै यो क्षेत्रमा प्रवेश गरेको हुँ ।’ साहित्य साधनाकालागी शिक्षकको सरकारी नोकरी छाडेर काठमाडौं आएका बगरले नामकै लागी काम गरीरहदा आफुले लेखेको गीतले ख्याती कमाउदाँ पनि गीतकार भएकैकारण ओझेलमा पर्नु परेको पिडा सम्झदै भने ‘नेपालमा कि त गायक हुनु कि केहि पनि नहुनु ।’ मान्छेले आफ्नो चाहानाको लागी जीवनका धेरै आधारहरु गुमाउन सक्छ भन्ने कुराको बलीयो उदाहरण हुन बगर । उनले पनि यतिबेला पेन्सन पाक्ने जागीर छोडेर हिडे,मनभरी मायाँ हुदाहुदै पनि आमा बुवालाई सुदुर गाउँमा छाडेर हिडेका बगर भन्छन, ‘कहिलेकही नेपली संगीत बजार र यो क्षेत्रको परम्परालाई नियाल्दा दुःख लाग्छ,तर भोलीका दिनको सहि मुल्याङ्कनको आशामा लेख्दै छु ।’ माता तुलसी राना र पिता अमर रानाको कोखबाट २०३२ सालमा तनहुको मानङ्पाङमा जन्मिएका उनले मनभरी गायक बन्ने सपना पालेका थिए । ‘सपना पुरा गर्नकै लागी २०५८ सालमा छदाँ खादाँको शिक्षकको जागीर छोडेर काठकाण्डौ हुँ’ उनले भने ‘वास्तविक जीवन र सपना फरक कुरो रहेछ ।’ लोकगीत गाउँनकै लागीभनेर राजधानी छिरेका बगरले अतित सम्झदै भने ‘मलाई काठमाडौंमा नारायण रायमाझी दाईले रिमा रेकडिङ्मा आवद्ध गराई आधार दिनुभएको हो ।’ संघर्षको पहिलो खुड्किलो रायमाझीसंगै उक्लेका बगरले भने ‘मैले म भित्रको कवि तथा गितकार नचिनेर सम्भव नभएको पाटो लोकगायकको मोहमा भौतारिरहेको रहेछु ।’ कवितालाई आफ्नो अनुभुतीको सिङ्गो तस्बिर भनेर स्विकार गर्ने उनले स्नातकसम्मको अध्ययन गरेका छन । २०५७ सालमा ‘आसुका फूलहरु’ गीतसंग्रह प्रकाशन गरेर चर्चा कमाएका उनले २०६४ सालमा कवितासंग्रह ‘मृत्युको आत्माहत्या’ले बगरलाई व्यवसायिक हिसावले त्यती सफलता नदिए पनि यो पुस्तक उनलाई कविकारुपमा चिनाउने बलियो आधार बन्यो । पुस्तक मात्रै होईन उनका ‘मिर्मिरेको घाम,भन्नु नभाको,माया नमार(लोकगीतसंग्रह),फुल (आधुनीक गीतसंग्रह),डोली)(पन्चेबाजा गीतसंग्रह),चिटिक्कै भाछु रे (तीजगीत संग्रह) लगाएतका स्रब्य कृती समेत प्रकाशित भएका छन । रामकृष्ण ढकाल,नारायण रायमाझी,अन्जु पन्त, सिन्धु मल्ल कृष्णभत्त राई सत्य, स्वरुप लगाएतका कलाकारसंग काम गरिसकेका बगरलाई प्राय सबै कलाकार कामका हिसावले सजिलो लाग्छ । तर, स्टुडियो गीत रेकर्डिङका क्रममा स्वरुपराज आचार्यले पहिलानै गीत लगेर सिकेर गाउँदाको आनन्द बेग्लै भएको महशुस गर्छन । उनी भन्छन, ‘अरुले पनि यसै गरे गीत अझै जिवन्त बन्थ्यो होला ।’ नेपालमा आफ्नो लेखकिय क्षमतालेमात्रै बाँच्न मुस्किल छ । त्यसैले उनलेपनि जिवीकोपार्जनका लागी काठमाडौंको अनामनगरमा त्रिवेणी डिजीटल स्टुडियो खोलेका छन । विहान सबेरै स्टुडियो आउँछन ,दिनभर गीत रेकड्मै ब्यस्त रहन्छन र साझँ अबेला घर फर्कन्छन यो उनको दिनचर्या हो । यिनको बसाई बबरमहल तिर छ । २ छोरा छोरी तथा संगीनी उमाका साथमा बस्दै आएका बगरले अधिकांस सपनीमा गीत संगीतनै देख्ने गरेको बताए ।यो क्षेत्रमा लाग्ने नवसर्जकका लागी उनको सुझाव छ ‘सन्तान जन्माएपछि त्यो एकदिन अवश्य सक्षम मान्छे बन्ने छ , समयलाई कुर्न सक्नु पर्छ ।’ उनले थपे ‘यो क्षेत्रमा लागेर रातारात हिट हुन सकिदैन लामो समय निरन्तर साधना गर्न सक्नु पर्छ ।’ उडेर जुन छुन्छु भन्थे,यता कुलो काट्दाखेरी उताको मन दुख्यो अरे,घाम र रातको भेट कहाँ भाको छर प्रिया जस्ता गीत मार्फत गीतकारको राम्रो परिचय बनाएका उनले भने ‘गीत लेखेर पैसा कमाउन सकिदै यो तपाई हामी सबैलाई थाहा छ, लेखाईको ठुलो कमाई नामै हो ।’ यो क्षेत्रमा लागेर उनी जति सन्तुष्ट छन्, तर उनका सबै आफन्त त्यतिनै सन्तुष्ट छैनन् । उनलाई पनि बेला बेलामा तैले गीत लेखेर नाम त कमाईस तर, पैसा कमाउन सकिनस भनेर गुनासो गर्छन । आफन्तको गुनासो भन्दा उनलाई स्रोताको मायानै ठूलो लाग्छ । कवितामा मृत्युको आत्माहत्या र मृत्यु पर्वहरुको कुरा गर्ने स्रष्टा राजकुमार बगरले जीवनदेखी पलाएनका कुरा कहिल्यै गरेका छैनन् । जीवनलाई रहर,सपना र भ्रमहरुको सिलसिला भन्ने बगरले धरासाहि अवस्थामा रहेको नेपाली संगीत उद्योगमा सहि नियम र कानुको आशा राखेका छन् । सर्जप्रति राज्यको दायित्व सम्झदै उनले थपे ‘राज्यले हरेक स्रष्टाको गीत बजेपछि रोयल्टी दिने नियम बनाईदिए हामी सुदुर भबिष्यको खोजीमा अरब भासिनु पर्ने थिएन होला ।’ नेपालमा तोकिएको समयमा संविधान नबन्नुमा प्रमुख दलका नेतानै जिम्मेवार रहेको सम्झने बगरलाई हिजो आज नेताहरु हृदय विहीन भए झैं लाग्छ रे । उनी भन्छन्, ‘गीत संगीतको माध्यमबाट हामीले नेताहरुलाई झकझकाउने मात्र हो । त्यो गरेर पनि हिजो आज यस्तो लाग्छ नेताहरु सुनेर पनि बैरो, देखेर पनि अन्धो छन। गीत संगीतले नेताहरुलाई छुन्छ जस्तो नै लाग्दैन हिजो आज ।’ नेपालमा गीत लेखेर स्रोताको माया र इज्जत कमाउने निक्के कम गीतकार मध्येका एक गीतकार हुन बगर । उनी यो कमाईमा सन्तुष्ट छन । तर, उनलाई कलाकारहरु विविध समस्या फसेका बेला राज्यले उपेक्षा गर्दा चाहि कस्तो क्षेत्रमा लागिएछ भनेर पीडा हुन्छ । उनी भन्छन्, ‘कलाकारप्रति कहि जिम्मेवारकिो कुरा गर्दैन । कतै हामी गलत ठाउँमा त लागेनौ भन्ने लाग्छ । तर, कुनै दिन संविधान बन्ला सरकारले हेर्ला भन्ने आशा चाहीँ छ ।’ source: nepalpati
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category: ,

0 comments