विश्वविद्यालयमा विद्रोहीको भीषण आक्रमण, १ सय ४७ जना मारिए (फोटोफिचर)
|
अपडेटः
काठमाडौं, चैत्र २० । केन्याको उत्तर पश्चिमी गारिसास्थित गारिस विश्वविद्यालयमा इस्लामिक लडाकू समूह ‘अल शबाब’का बन्दुकधारीहरुले गरेको भीषण आक्रमणमा परी १ सय ४७ जना मारिएका छन् ।
घटनामा परी ८० जना घाइते भएका छन् भने ५ सय ८७ विद्यार्थी भाग्न सफल भएका छन् । प्रहरीले गरेको जवाफी कारबाहीमा ४ जना बन्दुकधारीपनि मारिएका छन् ।
अल कायदासँग सम्बन्ध रहेको अल शबाबका बन्दुकधारीले विश्वविद्यालयमा धावा बोलेर अन्धाधुन्ध गोली प्रहार गरेका थिए । उनीहरुले मुस्लिम विद्यार्थीलाई छाडेर क्रिश्चियनहरुलाई बन्धक बनाएका थिए ।
बन्धकलाई दुई समूहमा विभाजन गरी मुस्लिम विद्यार्थीलाई छाडेपछि क्रिश्चयनहरुलाई गोली हानी हत्या गरेको विद्रोही समूहका प्रवक्ताले जानकारी दिएका छन् ।
सोमालियासँगको सीमा जोडिएको गारिसामा सोमाली अल सबाब लडाकूले लगातार आक्रमण गर्दै आएको छ । (एजेन्सी)

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
|
Category: News
0 comments