आजको राशिफल :वि.सं.२०७१ साल चैत २२ गते। आइतबार। इश्वी सन् २०१५ अप्रिल ५ तारिख।
|
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
आफ्नो अधिकार संरक्षण गर्न जुट्नुपर्ने समय छ। काममा चुनौतीहरू देखिनेछन्, तर पार लगाउन सकिनेछ। अवसरको खोजीमा लामो यात्रा हुन सक्छ। मुद्दामामिलामा विजयी भइएला। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। मध्याह्नपछि व्यापार–व्यवसायमा विशेष लाभ होला। व्यावसायिक यात्रा सम्भावना छ। आतिथ्यपूर्ण सम्मान पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
रचनात्मक काम गरेर देखाउने बेला छ। तपाईंको प्रतिभाको धेरैले तारिफ गर्नेछन्। सुखद समाचारले भविष्यप्रति आशा जाग्नेछ। गरेका काममा राम्रै फाइदा हुनेछ। पढाइलेखाइमा समय दिन नसकिए पनि बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। मध्याह्नपछि भने शत्रुले दुःख दिन सक्छन्। स्वास्थ्यमा बाधा र काममा अवरोध हुने सम्भावना छ। प्रतिस्पर्धीहरूबाट सजग रहनुपर्ने समय छ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
परिस्थिति अप्ठ्यारो देखिए पनि तपाईंको महत्वाकांक्षा पूरा हुनेछ। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ। परिवारजनसँग असमझदारी देखिए पनि सहयोग लिन सकिनेछ। विगतको सफलताले आत्मबल बढ्नुका साथै ठूलै काम आँट्ने हौसला मिल्नेछ। सहयोगीका रूपमा गुरुजनको साथ मिल्नेछ। बौद्धिक तथा रचनात्मक काममा समय बित्नेछ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
पूर्वाह्न समयमा परिस्थितिले साथ नदिन सक्छ। बन्दै गरेका काममा बाधा पुर्याउनेहरू सक्रिय हुनेछन्। सहयोगीहरूले पनि हात झिक्न सक्छन्। आर्जित धन तत्काल खर्च गर्नुपर्ला। मध्याह्नपछि पछि स्थितिमा सुधार आउनेछ। रोकिएका काम बन्न थाल्नेछन्। विगतका कमजोरीलाई सुधार्न सकिनेछ। घरेलु कामकाजबाट आम्दानी बढ्नेछ। परिवारजनसँग भने केही असमझदारी बढ्न सक्छ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
तार्किक क्षमताले धेरैलाई प्रभावित पार्न सकिनेछ। सहयोगीहरूले काममा साथ दिनेछन्। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। तर, मध्याह्नपछि परिस्थितिले साथ नदिन सक्छ। बन्दै गरेका काममा बाधा पुर्याउनेहरू सक्रिय हुनेछन्। पारिवारिक झमेला र विवादको पनि योग छ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
निर्णायक क्षमता सबल बन्नेछ। प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। कामबाट फुर्सद मिल्नेछ। बोलीको भरमा काम बन्नेछ। विचारले अरूलाई आकर्षण गर्न सकिनेछ। प्रशंसकहरू बढ्नेछन्। विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। सहयोगीहरूले पनि राम्रो साथ दिनेछन्।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
काममा लगानी बढाउनुपर्ला। खर्चको मात्रा बढ्नेछ। यात्राको व्यवस्थापन र तपाईंका सोख परिपूर्तिमा पनि सञ्चित रकम खर्च होला। तर, केही विलम्ब भए पनि काम भने बन्नेछ। मध्याह्नपछि परिस्थितिले साथ दिनेछ। आत्मीयजनसँग भेटघाट होला। सहयोगीहरू जुटिदिनाले कामबाट फुर्सद मिल्नेछ। विशिष्ट व्यक्तित्वसँग मित्रता बढ्नुका साथै नयाँ काम पाइने योग छ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
सुरुमा प्रशस्त फाइदा हुनेछ। नयाँ काम सुरु गर्ने समय छ। उठ्नुपर्ने रकम हातलागी हुनुका साथै मनग्ये आम्दानी हुनेछ। श्रमको समुचित मूल्यांकन हुनेछ। आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। मध्याह्नपछि भने अलि खर्च बढ्ने देखिन्छ। लगानी गरेपछि मात्र प्रतिफल पाइनेछ। अरूको भरण–पोषणमा खर्च होला। तापनि, दिगो फाइदा हुने काममा लगानी बढाउने समय छ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। तर, परिवारजनको भरण–पोषणमा खर्च बढ्नेछ। उत्साहमा पनि कमी आउला। अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोला। मध्याह्नपछि प्रशस्त लाभ मिल्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। व्यापारमा प्रशस्त फाइदा हुने समय छ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। धेरैले तपाईंका कामको तारिफ गर्नेछन्। मध्याह्नपछि भने काममा विलम्ब, रोकावट वा हानि हुन सक्छ। विश्वासपात्रबाट धोका पाइएला। सहयोगीहरूले पनि त्यत्ति साथ नदिन सक्छन्, सचेत रहनुहोला।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
लामो समयसम्म सामान्य काममै अल्झनुपर्ला। स्वास्थ्य पनि कमजोर रहनेछ। तपाईंका कमजोरी खोतल्नेहरू सक्रिय हुनेछन्। बाध्यतावश इच्छाविपरीतका काममा जुट्नुपर्ला। अपराह्नदेखि स्थितिमा सुधार आउला। सामाजिक जिम्मेवारी हात पार्न सकिनेछ। धार्मिक तथा परोपकारजन्य काम बन्नेछन्। सहयोगीहरूले साथ दिनेछन्। काममा पनि राम्रै सफलता मिल्नेछ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
पूर्वाह्न समय उत्साहपूर्ण रहला। रमाइलो भ्रमण गर्ने मौका छ। व्यापारमा उल्लेख्य फाइदा हुनेछ। आतिथ्यपूर्ण सम्मानका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। मध्याह्नपछि भने आम्दानीको अनुपातमा धेरै खर्च गर्नुपर्ला। विगतका समस्या बल्झने सम्भावना छ। स्वास्थ्यमा पनि कमजोरी महसुस हुनेछ। उपचारमा समेत खर्च गर्नुपर्ने देखिन्छ। इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला।
|
0 comments