दु:ख मेटिएला भनि बैदेशिक रोजगारीमा गएका '' देवान'' को सपनामा दैबले यसरि तुसारापात गरेपछि ....
|
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
हाम्रो त खुसी नै लुटियो बाबु, छोराको हातै छैन रे’
क्वालालम्पुर(मलेसिया)– घरको आर्थिक अवस्था
निकै कमजोर थियो। दुई दाजुले बाहिर काम गरेर
बजारतिर घर घडेरी जोडे। दाजुभाइलले जस्तै बजारमा
घरघडेरी जोड्ने सपना बुने बैकुण्ठे छापागाउँका देवान
राईले पनि। तर नेपालमा रोजगारीको सम्भावना
केही देखेनन्। कतै जागिर खान पनि भनसुन हुनुपर्ने।
आफन्त र चिनजानका मान्छे कोही पहूँचमा थिएन।
स्वदेशमा रोजगारीका सबै बाटा बन्द देखेपछि उनी
मलेसिया आए।
काठमाडौंको दीपज्योति म्यानपावरले एक लाख २५
हजार रुपैयाँ तिरेर मलेसिया पठाउनु अघि उनलाई
उनलाई कलर प्याकिङको काम गर्ने भनिएको थियो।
अन्य नेपालीलाई जस्तै म्यानपावरले उनलाई
भुक्याएको रहेछ। यहाँ सिमेन्ट कम्पनी काम गर्नुपर्यो।
काम भनेजस्तो नभएपछि उनी नेपाल फर्कने सोचमा
पुगे। तर घरको आर्थिक अवस्था, बजारमा घरघडेरी
जोड्ने सपना, अढाई वर्षकी छोरीको भविष्य सम्झे।
अनि नेपाल फर्किने आँट गरेनन्। जति दुःख परे पनि
काम गर्ने निधो गरे।
जोहोरबारुको क्युसिटी सिमेन्ट कम्पनीमा उनले
ढुङ्गा पेल्ने मेसिन चलाउन थाले। काम निकै
जोखिमपूर्ण थियो। काम गर्दागर्दै करिब ३ महिना
बित्यो। तर, तीन महिनापछिको ३१ मार्च उनका
लागि जीवनकै कालो दिन बनेर आयो।
ढुङ्गासँगै उनको हातपनि मेसिनले पेलिदियो। उनी
त्यहीँ बेहोस भए। रगतको भेल भग्यो। ब्युँझदा उनी
हस्पिटलको शैयामा थिए। उनीसँग एउटा हात नै
थिएन। साथीहरुले हस्पिटल लगेका रहेछन्। हात
गुम्दाको घटना कसैले सम्झाइदिए भने उनी
भक्कानिन्छन्। आँखाबाट आँशुको भेल बग्छ। डाँकै
छोडेर रुन्छन्।
सुल्तान अस्पताल जोहोरबारूमा उपचार गराइरहेका
उनको अहिले अस्पातालमै बिचल्ली छ। सहयोगी
कोही छैनन्। पाखुराबाटै हात गुमेका उनी एक्लै
हस्पिटिलमा छटपटाए। उनलाई यहाँको भाषा
आउँदैन्। ‘भाषा आउँदैन। साथी कोही छैन्। डक्टरले
दिएका औषधि कतिबेला खाने त्यो पनि थाह छैन।
अन्दाजको भरमा खाने गरेको छु’ उनले अस्पतालको
शैयामा डिस्चार्ज हुनुभन्दा पहिले बिहीबार भने,
‘कम्पनीले हेरचाहका लागि कसैलाई पठाएको छैन।
मेरो त यहाँ बिचल्ली छ।’
मेसिनले हात काट्दासमेत कम्पनीका कोही मानिस
आफ्नो अवस्था बुझ्न नआएको उनी बताउँछन्।
कम्पनीले उपचारमा चासो नदिएपछि उनी निरास
छन्। उपचार खर्च कसले बेहोरिदिने हो। यसमा उनलाई
चिन्ता छ। भन्छन्, ‘घटना भएको एक हप्ता
बितिसक्यो। कम्पनीले सम्पर्क गरेको छैन।’
सिंगो हात गुमाएर अपाङ्ग भएर अस्पतालमा एक्लै
बस्नुपर्दा उनी कुन मनोदशाबाट गुज्रिरहेका होलान्
अनुमान लगाउन पनि गाह्रो छ। छटपटीभन्दा अझैँ
पीडादायी छ उनको भविष्य चिन्ता। घरमा वृद्ध
पिता, श्रीमती र अढाई बर्षकी छोरी छन्।
मलेसियामा कमाएको पैसाले बजारमा घर घडेरी
जोड्ने र गाउँबाट शहर बसाई सर्ने उनको सपना
थियो। अहिले २६ बर्ष पुगेका उनले उमेर छदै पैसा
कमाएर बुढेसकाल सुखसयलमा बिताउने मखमली सपना
बुनेका थिए। हात गुमेपछि सारा सपना चकनाचुकर
भएका छन्। ‘मेरो हात गुम्यो। अब कसरी काम गरेर
परिवार पाल्नु?’ उनले यति भनिरहँदा उनका
आखामा आँसु छचल्किए। गला अवरुद्ध भयो।
अस्पतालको शैयामै रोए।
उनको पीडा देखेर बेड वरिपरिका विदेशीका आखाँ
पनि रसाए। उनीहरु देवानको भाषा बुझ्दैनन्। अनुहारमै
पोखिएको पीडाले उनीहरुको मन पनि
भक्कानियो। एकैछिन अघिसम्म केही कोलाहल
रहेको अस्पतालमा देवानको कारुणीक क्रन्दनले
सन्नाटा छायो। विस्तारै उनी आफैँ सम्हालिए ।
फेरि आखाँको डिलमा आँसु टिलपिल पार्दै भने, ‘अब
मेरो परिवारको भोको पेट कसले भर्देला।’ उनी
सानी छोरीको भविष्यप्रति उत्तिकै चिन्तित छन्।
छोरीलाई पढाएर स्टाफ नर्स बनाउने सपना देखेका
उनले आफ्नो हातसँगै छोरीलाई स्टाफ नर्स बनाउने
सपना पनि गुमेको बताए। ‘छोरीलाई स्टाफ नर्स
बनाउने इच्छा थियो। अब मेरो छोरी कसरी नर्स बन्ने
र ?’ उनले दुःख व्यक्त गरे।
दीपज्योती म्यानपावरले भनेको काममा नलगाउँदा
आफूले हात गुमाउनु परेको उनको भनाइ छ। उनले यहाँ
आएर अर्कै काम गर्नुपरेपछि मेनपावरलाई जानकारी
गराएका पनि थिए। तर मेनपावरका संचलकले जे काम
गराउँछन् त्यही गर्नु भन्ने जवाफ दिए। ‘दिपज्योती
मेनपावरले एउटा काम भनेर अर्को काममा लगायो।
त्यसैले मेरो हात गुम्यो।’ मेशिन चलाउने काम भनेको
भए आफू मलेसियानै नआउने उनले बताए।
‘नेपालमै कमाउने भाग्य दैवले खोस्यो मलेसिया आएर
कमाउन खोज्दा हात मेसिनले खोसिदियो’, निकै
भावुक मुद्रामा उनले सुनाए। घरमा कमाउने देवान
एक्ला हुन्। बुवा वृद्ध छन्। श्रीमतीलाई सानी छोरी
हेरचाह गर्नुपर्ने जिम्मेवारी छ। उनको परिवारका ३
जना उनमै आश्रित छन्।
देवान अस्पातलबाट भविष्यको चिन्ता गरिहँदा
नेपालमा रहेको उनको परिवार दुःखमा
छटपटाइरहेको छ। देवानको हात गुमेको खबर पाएदेखि
परिवारको खुसी लुटिएको छ।
‘हाम्रो त खुसी नै लुटियो बावु। उसलै कमाएर
पाल्थ्यो। छोराको एउटा हात छैन रे। अब कसले
कमाएर हामीलाई हेरचाह गर्ला?’ नागरिकन्युजसँग
टेलिफोनमा कुराकानी गर्दै उनका वृद्ध बावु
कालीबहादुर राईले भने।
देवानकी श्रीमती अन्जना राईको पीडा पनि
उत्तिकै दर्दनाक छ। उनले श्रीमानको हात गुम्दा
अपाङ्गको बैशाखी भाँचीए जस्तै पीडा भएको
टेलिफोनमा सुनाइन्। आफूले हिम्मत नहारेको र
देवानलाई आफूले दुःख गरेर पाल्ने सुनाइन्। उनले
टेलिफोनमा भनिन्, ‘उहाँले चिन्ता मान्नु पर्दैन। जे
नहुनु थियो भयो। उहाँलाई म पाल्छु।’ कम्पनीले
उपचार गरेर श्रीमान्लाई चाँडै नेपाल पठाइ दिए
हुन्थ्यो भन्ने कामना अन्जनाको छ।
साभार: नागरिकन्युज
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
|
Category: News
0 comments