यसरी लिदैछन् आमिर यति ठुलो रिक्स ????
|
बलिउडमा आमिर खानलाई मिस्टर परफेक्टसनिस्ट भनेर यसै भनिएको होईन् । उनी आफ्नो क्यारेक्टरमा रियालिटी ल्याउनको लागि हर किसीमको काम गर्ने गर्छन् । उदाहरणको रुपमा पिकेमा आमिरले दिएको न्युड सिनलाई नै लिन सकिन्छ । उनी आफ्नो क्यारेक्टरमा कुनै पनि रिक्स लिन नै चाहादैनन् ।
पहिलो कुरा त उनलाई फिल्ममा काम गर्नको लागि मनाउन नै गाह्रो पर्ने गर्छ र जुन फिल्ममा काम गर्छन त्यसमा मरिमेटेर लाग्ने गर्छन् । हालै आमिरले खेल्न लागेको फिल्म दंगलमा उनी बक्सरको भुमिकामा काम गर्देछन् । जसको लागि उनी आफ्नो तौल बढाउन लागिरहेका छन् । आज भोली उनी हरेक ईभेण्टहरुमा निकै मोटो– मोटो देखिन थालेका छन् ।
५५ वर्षको उक्त क्यारेक्टरको लागि भर्खरै ५० वर्षमा टेकेका उनले दिनरात मेहेनत गरिरहेका छन् । हेल्थ एक्सपर्ट अर्नब सरकारका अनुसार आमिरले जुन गतिमा आफ्नो तौल बढाईरहेका छन् त्यसले उनको स्वास्थ्यमा निकै असर पु¥याउन सक्छ । कम समयमा ३–४ किलोसम्म तौल बढाउनु सामान्य हुने गर्छ तर कम समयमा १० वा सो भन्दा बढि तौल बढाउदा हरकोहीको लागि खतरपुर्ण हुन सक्छ ।
आमिरले यति बेला निकै ठुलो रिक्स लिईरहेका छन् । जसबाट उनलाई हाई ब्लड प्रसर , स्क्रिनको समस्याहरु , हार्ट अट्याक र मृत्यु सम्मको परिणम भोग्नु पर्ने हुन सक्छ । तर उता आमिरले आफ्नो तौल धेरै नै बढाईरहेका छन् । जसको लागि आमिर हरेक कुराहरुलाई बेवास्ता गरिहेका छन् । नितेष तिवारीले निर्देशन गर्ने उक्त फिल्मको लागि आमिरले २२ किलो तौल बढाएर ९० किलोका भईसकेका छन् ।
हालैमात्र साकाहारी बनेका आमिरले अझ पनि तौल बढाउनु पर्नेछ । जुन तौल उनले फिल्मको सुटिङ नसकुञ्जेलसम्म कायम नै राख्नु पर्ने हुन्छ यस्तोमा पक्कै पनि उनको स्वास्थ्यलाई नकरात्क असर पर्न सक्छ । यसबाट पनि प्रमाणित हुन्छ साच्चै उनलाई त्यसै बलिउडमा मिस्टर परफेक्टसनिस्ट भनिएको होईन् । यता दर्शकहरुलाई आमिरको पिकेपछि दंगलको प्रतिक्षा भने सबैलाई हुनेछ ।
|
Category: CelebrityNews And Gossips
0 comments