Hindi Films

जुत्ता सिलाउने ४३ वर्षीय सत्यनारायण राम को हातबाट जुस खाई अनसन तोडे डा. केसी.ले (भिडियो)

Unknown | 02:27 | 0 comments


काठमाडौं, चैत्र १९ । नेपालको मेडिकल क्षेत्रमा व्याप्त माफियातन्त्रको अन्त्य र स्पष्ट मेडिकल शिक्षा नीतिको माग गर्दै आमरण अनशनमा बसेका प्रा.डा. गोविन्द केसीले अनशन तोडेका छन् ।

१२ दिनअघि अनशन बसेका डा. केसीले सरकारसँगको सहमतिपछि विहीबार अनशन तोडेका हुन् । उनले शिक्षण अस्पतालको प्रवेशद्धारनजिकै जुत्ता सिलाउने ४३ वर्षीय सत्यनारायण राम र अस्पतालमैउपचार गराइरहेका १० वर्षीय बालक सुवाद अधिकारीको हातबाट जुस पिएर अनशन तोडेका हुन् ।

यसअघि सरकार र डा. केसीबीच ११ बुँदे सहमतिमा हस्ताक्षर भएको थियो । सहमतिमा सरकारका तर्फबाट योजना आयोगका उपाध्यक्ष डा. गोविन्द पोखरेल र मुख्यसचिव लिलामणि पौडेलले हस्ताक्षर गरेका छन् । यस्तै, केसीको तर्फबाट डा. केसी स्वयं र नेपाल चिकित्सक संघका अध्यक्ष डा. अञ्जनीकुमार झाले हस्ताक्षर गरेका छन् ।

सहमतिमा पाँचै विकास क्षेत्रमा आगामी ५ बर्षमा कम्तिमा एक–एक सरकारी मेडिकल कलेज बनाउने, केदारभक्त माथेमा संयोजक रहेको समितिको प्रतिवेदनअनुसार कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने, चिकित्सा विश्वविद्यालय विधेयक आगामी तीन महिनाभित्र संसदमा पेश गर्ने, स्वास्थ्य शिक्षा नीति निर्माणका लागि बनेको समितिको प्रतिवेदन कार्यान्वयन गर्ने, चिकित्साशास्त्रमा निष्पक्ष ढंगले पदाधिकारी नियुक्त गर्ने राजनीतिक प्रतिबद्धता कार्यान्वयन गर्न चार महिनाभित्र कानुनी व्यवस्था गर्ने, मापदन्ड पूरा नगर्ने मेडिकल कलेजको सम्बन्धन खारेजसम्बन्धी नीतिगत व्यवस्था गर्ने, स्वास्थ्य सेवासँग सम्बन्धित सबै विषयमा वैज्ञानिक शुल्क निर्धारण गर्ने जस्ता बिषय समावेश छन् ।

अनशन तोडेपछि डा केसीले सम्झौता कार्यान्वनमा आफू दृढ रहने भन्दै माग पूरा गराउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

यसअघि डा. केसीले दन्डहीनताकै कारण चिकित्सा क्षेत्रमा विकृति मौलाएको भन्दै भ्रष्ट पदाधिकारीलाई सरकारले जोगाउन खोजेको आरोप लगाएका थिए ।

तर, मेडिकल कलेजलाई सम्बन्धन खुलाउनमा संलग्न त्रिभुवन विश्वविद्यालयलगायतका पदाधिकारीलाई बर्खास्त गर्नुपर्ने मागबारे भने विहीबारको सम्झौतामा केही उल्लेख छैन ।


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments