अमेरिकी पत्रकारलाई दुर्घटनास्थलमा जान दिएन
|
फोटो :फाइल तस्बिर
चरीकोट : अमेरिकी हेलिकोप्टर दुर्घटना भएको सूचना पाउनसाथ रिर्पोटिङका लागि दोलखा आइपुगेका पत्रकारलाई घटनास्थलसम्म जान दिइएन।
दुर्घटनास्थलमा जानका लागि हेलिकोप्टर चार्टर गरेर दोलखा पुगेका अमेरिकी पत्रकारलाई स्थानीय प्रशासनले सुरक्षाको कारण देखाउँदै रोकेको हो। भूकम्पमा परेका घाइतेको उद्धारको लागि दोलखा आउने क्रममा मंगलबारदेखि हराइरहेको अमेरिकी विमान दुर्घटनाग्रस्त अवस्थामा शुक्रबार दोलखाको कालिञ्चोक नजिकै घोरथली जंगलमा भेटिएको थियो।
दोलखास्थित बर्दबहादुर गणका गणपति प्रमुख सेनानी विश्वासविक्रम शाहले सुरक्षाका कारण पत्रकारलाई त्यहाँ जान रोकिएको जानकारी दिए। दुर्घटनास्थल कालिञ्चोक भगवती मन्दिरबाट १ घण्टा टाढा रहेको गणपति शाहले जानकारी दिए । उनले राजधानी बाट सेनाको विषेश टोली त्यस स्थानमा आएको बताउदै मौसमको कारण आफुहरु त्यस तर्फ जान नसकेको बताए । गणपति शाहले कसरी दुर्घटना भयो र के के भयो भन्ने बारे भने बारेमा विस्तृत विवरण आइनपुगेको बताए ।
अमेरीकाको वल्र्ड न्यूज र एबिसी टेलिभिजनमा कार्यरत पत्रकारले इयर डाइनेष्टिको हेलिकप्टर लिएर दोलखा पुगेका थिए। उनीहरु केहि समय चरीकोट स्थित बर्दबहादुर गणमा आएर बसे पनि नेपाली सेनाले सो तर्फ जान अनुमती नदिएपछि जिल्लाको अन्य गाविस परिक्रमा गरी फर्केका थिए।
|
Category: News
0 comments