हावाहुरीका कारण डाक्टरको मृत्यु, मोटरसाइकलमा बसेकी महिलालाई रुखले किच्यो |
![]() |
Published: May 24, 2015
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
सुनसरी, जेष्ठ १० । शनिवार सांझको हावाहुरीको कारण सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानकी डाक्टर रञ्जना देवकोटाको मृत्यु भएको छ ।
प्रतिष्ठानको एनाटोमिक बिभागमा कार्यरत उनि ड्युटी सकेर क्वाटरमा जांदै गरेको अवस्थामा प्रतिष्ठानकै हाताभित्र रहेको रुखले किचेर घटनास्थलमै मृत्यु भएको प्रतिष्ठानका
सूचना अधिकृत सुरेन्द्र तामाङले जानकारी दिए ।
सूचना अधिकृत सुरेन्द्र तामाङले जानकारी दिए ।
गोरखा घर भएकी देवकोटा केही बर्ष यता बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानकी बिद्यार्थी समेत रहेकी थिइन् ।
यता काठमाडौंमा हावाहुरीसंगै भएको वर्षामा परी एक जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् ।
हावाहुरीको क्रममा रुखले किचिएर स्वयम्भू नजिकै सानो भर्याङमा ३२ वर्षीया लक्ष्मी दाहाल सुवेदीको मृत्यु भएको हो ।
मोटरसाइकल पछाडि बसेकी लक्ष्मीको मृत्यु भएको र मोटरसाइकल चलाइरहेका उनका श्रीमान् गणेश दाहाल घाइते भएको प्रहरीले जनाएको छ ।
यस्तै, पशुपति क्षेत्रमा रुखले किचेर एउटा ट्याक्सीमा क्षति पुगेको छ ।
एक्कासी मौसममा आएको परिवर्तनले भूकम्प पीडितलाई झनै असर पुगेको छ । विभिन्न क्षेत्रमा हावाहुरीले पीडितका टेन्ट उडाएको छ ।
हावाहुरी र वर्षा भएपछि भूकम्पका कारण पीडित भएर खुला ठाउँमा रात विताउन बाध्य भएकाहरुको पीडा थपिएको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News



0 comments