Hindi Films

आइतबार अपराह्नको भूकम्पबाट एकको मृत्यु

Unknown | 07:47 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२७ वैशाख, ललितपुर । आइतबार अपराह्न गएको भूकम्पको धक्काबाट ललितपुरमा एक जनाको मृत्यु भएको छ । अपरान्ह ३ बजेर २३ मिनेटमा काभ्रे र भक्तपुर सीमानामा केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पबाट कार्यविनायक नगरपालिका–१५ इटाटी बस्ने ७२ वर्षीय शङ्खबहादुर नगरकोटीको मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक किसन सिंह थापाले जानकारी दिए । चर्किएको घरभित्र खाटमा सुतिरहेको अवस्थामा धक्का महसुस भएपछि दौडने क्रममा लडेर उनको मृत्यु भएको थापाले जानकारी दिए । नगरकोटीको मृत्यु भएपछि ललितपुरमा भूकम्पबाट ज्यान गुमाउनेको संख्या १७७ पुगेको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments