आज अपरान्हसम्म भूकम्पका ७ यस्ता धक्का लागे !
|
पुर संवाददाता
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
काठमाडौ, वैशाख ३१ - गएरातिदेखि बिहीबार बेलुकी ८ बजेसम्म ७ वटा भूकम्पको धक्का महसुश गरिएको छ । भूकम्प मापन केन्द्रका अनुसार गएराति १२ बजेदेखि बिहीबार ८ बजेसम्म ४ रेक्टर स्केल भन्दा माथिका भूकम्पका ७ वटा गएका हुन् । केन्द्रका अनुसार यी धक्काहरु बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको महाभूकम्पको पराकम्पन हो ।
गएराति १२ बजेर १६ मिनेटमा दोलखालाई केन्द्र विन्दु बनाएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो भने बिहान ३ बजेर २३ मिनेटमा दोलखा नै केन्द्र विन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको थियो ।
६ वटा धक्का मध्ये ६ वटा धक्काको इपिसन्टर दोलखा रहेको केन्द्रले जनाएको छ भने बाँकी एउटा बिहान ८ बजेर ५२ मिनेटमा गएको ४ रेक्टर स्केलको भूकम्पको केन्द्र विन्दु सिन्धुपाल्चोक रहेको थियो ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
|
Category: News
0 comments