Hindi Films

फेसबुकबाटै सरिता गिरीको अन्तिम चेतावनी यस्तो छ

Unknown | 01:28 | 0 comments


sarita_giriकाठमाडौँ, १२ जेठ ।
सामाजिक संजालमा भूकम्पपीडितलाई तराईमा सार्नु हुँदैन भन्दै विवादमा तानिएकी सद्भावना नेतृ सरिता गिरीले आफूविरुद्ध लाग्नेलाई अन्तिम चेतावनी दिएकी छिन् ।
मंगलबार सामाजिक संजालमार्फत उनले आफूलाई गाली गलौज गर्नेलाई मुद्दा हाल्ने तयारी गरिरहेको समेत जनाएकी छिन् । ‘सामाजिक संजालमा मलाई गाली गर्नेहरुका लागि यो मेरो अन्तिम चेतावनी हो, ’ उनले आक्रोशित हुँदै लेखेकी छिन्, ‘मलाई गाली गर्न बन्द गर नत्र मुद्दा हाल्ने तयारी गर्छु ।’
sarita-giri-warning
सामाजिक संजाल ट्विटरमा भूकम्पको आधार बनाई भूकम्प प्रभावित जनतालाई तराईमा सार्नु महेन्द्रवादी नीति भएको भन्दै उनले केही हप्ता अघि लेखेकी थिइन् । सोही कारण उनीविरुद्ध सामाजिक संजाल प्रयोगकर्ताहरुले चर्को आलोचना गरेका थिए ।


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments