गौतमबुद्धको मावली गाउँमा कपिलवस्तुमा फेला नपरेका सामग्री भेटियो
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
नवलपरासी, जेष्ठ १३ । कोलिय गणराज्यको राजधानी प्रमाणित गर्न नवलपरासीको बञ्जरीयास्थित पण्डितपुरमा फेरि उत्खनन् थालिएको छ ।
पुरातत्व विभागले वैशाख २४ गतेदेखि उत्खनन थालेको हो । उत्खनन् गर्न पुरातात्विक विभागका वरिष्ठ पुरातत्वविद् तारानन्द मिश्र, पुरातत्व अधिकृत भाष्कर ज्ञवालीसहित पाँचजनाको टोली उक्त स्थानमा खटिएका छन् ।
करिब दुई
सय वर्षअघि कपिलवस्तुमा उत्खनन् गर्दा फेला नपरेका पुराना सामग्री पण्डितपुरमा फेला परेको पुरातत्वविद्हरुले दाबी गर्दै आएका छन् । पण्डितपुर गौतमबुद्धको मावली गाउँ समेत हो ।विगत वर्षहरुमा भएको उत्खननमा विभिन्न कालका प्राचीन प्रमाण फेला परेपछि पुरातत्वविद्हरुले यो स्थान कोलियको राजधानी भएकोे बताएका थिए । यद्यपि, नेपाल सरकारले भने यसबारे केही बोलेको छैन ।
उक्त स्थानबाट हालसम्म मौर्यकालका ढुंगा, गरगहना, कचौरा, थालका टुक्राहरु, भाडा, इनार फेला परेका छन् । त्यस्तै, बौद्धकालीन मडुवाल, काठका खम्बा, माटाका भित्ता फेला परेका छन् भने मुस्लिमकालका माटाका भाडा र सिसा अहिलेको उत्खनन्मा फेला परेको छ ।
करिब ६६ बिगहा क्षेत्रफलमा फैलिएको उक्त स्थानको सबै जग्गा स्थानीयको स्वामित्वमा छ । हरेक वर्ष स्थानीयले खनजोत गरेकाले पुरातात्विक महत्वका सामग्री नस्ट हुँदै गएकाले उक्त जग्गालाई सरकारले स्वामित्वमा लिनुपर्ने सुझावसमेत दिइएको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News



0 comments