Hindi Films

११ फिट लामो यस्तो अजिङ्गर भेटियो!

Unknown | 04:57 | 0 comments


२०७२ जेष्ठ १८ सोमबार 
 
  झापाको पृथ्वीनगर-४ देवनिया खोलामा आइतबार अजिङ्गर फेला परेको छ। लोपोन्मुख प्रजातिमा पर्ने ११ फिट लामो अजिङ्गरलाई प्रहरीले गाउँलेको सहयोगमा उद्धार गरी वन कार्यालय झापामाबुझाएका छन्।

आइतबार साँझ साढे ५ बजे खोला किनारमा ठूलो सर्प देखेपछि गाँउलेले वडा प्रहरी कार्यालय भद्रपुरमा खबर गरेका थिए।

११ फिट लामो सो अजिङ्गरलाई प्रहरी, स्थानीय र वन कार्यालयका कर्मचारीको सहयोगमा समातेर सकुशल चन्द्रगढीस्थित जिल्ला वन कार्यालयमा बुझाइएको हो।

यसअघि २०७१ कात्तिक ३० गते पनि प्रहरीले सोही खोलाको किनारबाट करिब १७ फिट लामो अजिङ्गर समातेर जिल्ला वन कार्यालयमा बुझाएको थियो।

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments