Hindi Films

पित्तथैलीको पत्थरी र आयुर्वेद उपचार

Unknown | 16:38 | 0 comments


 

- डा. रमेश मिश्र
    असन्तुलित खानपान र रहनसहनले व्यक्तिलाई धेरै रोग लाग्दछ, तीमध्ये पित्तथैलीको पत्थरी पनि एक हो । आधुनिक चिकित्सा विज्ञानमा पित्तथैलीको पत्थरीलाई ‘गल ब्लडर स्टोन’ भनिन्छ । आयुर्वेदमा यसलाई पिताश्मरी भनिन्छ । यो जनावरहरूमा पनि हुन्छ । जस्तै गाईको पित्तथैलीमा भएको पत्थरीलाई गोरोचन भनिन्छ ।
    पित्तको पत्थरी पित्तथैलीमा हुन्छ, जुन एउटा सानो थैली हो, यो कलेजोमा रहन्छ । पित्तथैलीमा पाचनक्रियामा काम नलाग्ने पित्त जम्मा हुन्छ र जब सानो आन्द्रामा खाना पुग्छ त्यसमा पित्त गएर मिसिन्छ । पित्त एउटा तरल पदार्थ हो, जुन कलेजोमा बन्छ र यसमा कोलेस्ट्रोल, बिलिरुबिनको साथसाथै थुप्रै पदार्थहरू रहन्छन् । पित्तको पत्थरी एउटा ठोस पदार्थ हो, जुन ढु·ाजस्तो हुन्छ । यसको निर्माण मुख्यत: कोलेस्ट्रोल र पित्तका कणहरूबाट हुन्छ । बिस्तारै–बिस्तारै जम्मा हुँदा कडा ढु·ाजस्तो हुन्छ, जसलाई पत्थरी भनिन्छ ।
    पित्तको पत्थरी जुन कोलेस्ट्रोलबाट बन्छ, सामान्यत: पहेंलो हरियो र·को हुन्छ र ८० प्रतिशत व्यक्तिमा हुने पित्तको पत्थरी यसैबाट बन्छ । यसलाई कोलेस्ट्रोल पत्थरी भनिन्छ ।
    पित्तको पत्थरी जुन बिलिरुबिनबाट बन्दछ, त्यसलाई पिगमेन्ट स्टोन भनिन्छ । पित्तथैलीमा पत्थरी बन्नुका धेरै कारणहरू छन् । वंशानुगत, वजन बढ्नु–घट्नु, पित्तथैली शिथिल हुनु र खानपान ।
    शरीरमा कोलेस्ट्रोल बढ्नु र त्यसको निकास पित्तथैलीबाट राम्रोसँग नहुनुले पनि कोलेस्ट्रोल पत्थरी हुन्छ । त्यस्तै कलेजोमा सिरोसिस भएमा पिगमेन्ट पत्थरी बन्दछ । पुरुषभन्दा महिलालाई बढी पित्तथैलीको पत्थरी हुन्छ । कोलेस्ट्रोलको औषधि खाने व्यक्तिमा पित्तथैलीको पत्थरी हुने सम्भावना बढी हुन्छ । चाँडै वजन घटेमा पित्तथैलीको पत्थरी हुने सम्भावना रहन्छ ।
    पित्तथैलीमा पत्थरी बनेको धेरै व्यक्तिलाई थाहा हुँदैन । किनकि सामान्य अवस्थामा यससम्बन्धी कुनै लक्षण नै देखा पर्दैन । जब कसैलाई पेटसम्बन्धी रोग लाग्छ र जाँच पडतालको क्रममा अल्ट्रासाउन्ड, भिडियो एक्सरे गरिन्छ, त्यस बेला पित्तथैलीमा पत्थरी देखिन्छ । तर जब लक्षण देखा पर्छ जस्तै माथिल्लो पेट र पिठियुँ दुख्ने, बान्ता हुने
जस्तो हुनु, बान्ता हुनुको साथै पाचन संस्थानमा समस्याहरू जस्तै पेट सुन्निनु, छाती पोल्नु, बढी ग्यासले पेट भारी हुनुले पित्तथैलीमा पत्थरी भएको पुष्टि गर्छ ।
    पित्तथैलीको पत्थरीको उपचार मुख्यत: आधुनिक चिकित्सा पद्धतिमा शल्यक्रिया नै हो तर आयुर्वेदमा
सामान्य अवस्थाबाट आयुर्वेदिक औषधि र जडीबुटीको प्रयोगबाट उपचार गरी पित्तथैलीको पत्थरीलाई निकाल्न सकिन्छ । यसमा अलि समय लाग्छ र रोगीले पथ्य परहेजमा बस्नुपर्छ ।
 

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments